Saturday 25th November 2017

 

साथीहरुसंग घुमेर दशैं मनाउने योजना छ : रामचन्द्र पौडेल

गोकर्णेश्वर नगरपालिका वडा नम्बर १२ मा रहेको पर्ल्स इङलिस स्कुलले बिगत लामो समयदेखि न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आईरहेको छ । लामो शैक्षिक इतिहास बोकेको पर्ल्स इङलिस स्कुललाई नयाँ ढंगबाट नेतृत्व प्रदान गरेर आफ्नो बेग्लै पहिचान स्थापित गराउने प्रधानाध्यापक हुन राम चन्द्र पौडेल । पातलो आग्लो हेर्दाखेरी विदेशी जस्तै देखिने यो क्षेत्रकै युवा प्रधानाध्यापक मध्यका एक रामचन्द्र पौडेलसंग आशाका किरणका सुदर्शन बजगाईले गर्नुभएको दशैं बिशेष कुराकानीको संपादित अंश :

सन्चै हुनुन्छ ?

हजुर आरम छु ।

के मा ब्यस्त हुनुहुन्छ ?

परिक्षा चलिरहेको छु त्यसैमा ब्यस्त छु ।

के गर्ने योजना छ दशैंमा ?

त्यति ठूलो प्लान छैन यसपाली जुठो परेकाले सामान्य घुमघाम र साथिभाईसँग भेटगाट गर्ने योजना छ ।

 के फरक पाउनु भाको छ बिगतको बाल्यकालको र अहिलेको दशैंमा ?

पहिलो बाल्यकालमा त्यो खुसी र उत्साहको कुरै छुट्टै छ ।अहिले ब्यवहारिक हुँदै गईएको छ, पहिला आफू स्वतन्त्र थिएँ र त्यो बेला जिम्मेवारी थिएन अहिले जिम्मेवारी बढेको छ आमा बुबा दिदिबहिनीको जिम्मेवारी थपिएको छ ।

के छ यो चाडको नराम्रो पक्ष ?

यो चाडमा धेरै तडक भडक देखिने गरेको छ । आफ्नो क्षमता भन्दा बढी खर्च गर्ने ,अरुलाई देखाउनका लागि भएपनी बध्यताका साथ मनाउने गरिन्छ ।आफ्नो क्षमता भन्दा बढी खर्च गरेर प्रतिस्पर्धा को भावना बिकास गरेको छ मेरो बिचारमा त्यो गलत हो ।

यो चाडको रमाइलो पक्ष ?

सबै भन्दा रमाइलो पक्ष भनेको आफुभन्दा ठुला मान्यजनबाट आशिर्वाद थाप्ने लाग्छ मलाई । त्यसका अलावा बाल्यकालका साथीभाईसंग आफन्तसंगको भेटघाट मलाई सबैभन्दा राम्रो लाग्छ । बुढा पाकाको आशिर्वादले आशा र भरोसा पैदा गर्ने भएकाले त्योनै सबभन्दा राम्रो पक्ष लाग्छ ।

अन्त्यमा के भन्न चाहानुहुन्छ ?

नेपालीहरुको महान चाड बडा दशौं,शुभ दीपावली लगाएत सम्पुर्ण चाडपर्वको अवसरमा सम्पुर्ण नेपालीहरुको सुख शान्ति समृद्धि एवम दिर्घायुको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छु ।

Published at: October 2, 2016 3:34 am

तपाईंको प्रतिकृया जनाउनुहोस्

Loading...

अरु समाचारहरु

ताजा समाचार

Exchange Rate

Nepali Patro