Friday 26th May 2017

Bidhut-Add-Onlinepana

विद्यार्थीले सफलता प्राप्त गरेको दिननै मेरो खुसीको दिन हो : सुनिता सिंह बुढाथोकी (प्रधानाध्यापक- विद्या सागर स्कुल)

sunitasingh

गोकर्णेश्वर नगरपालिका वडा नम्बर १२ मा रहेको विद्या सागर स्कुल पुर्वी भेगको चर्चित विद्यालय हो । न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै उत्कृष्ट रिजल्ट निकाल्दै विद्या सागर स्कुलले आफुलाई प्रतिष्ठित शैक्षिक संस्थाको रुपमा स्थापित गरिसकेको छ । लायन्स क्लब लगाएतका विभिन्न संस्थामात्र नभएर स्कुललाई समेत कुशल ब्यवस्थापन र नेतृत्व प्रदान गर्नु भएको सुनिता सिंह बुढाथोकीसंग आशाका किरणका सुदर्शन बजगाईले गर्नु भएको कुराकानीको संपादित अंश :

आरमै हुनुन्छ ?

हजुर ठिक छु ।

के मा ब्यस्त हुनुन्हुन्छ ?

विद्यालय संचालन लगाएतका विभिन्न काममा ब्यस्त छु ।दशैं लागेकाले शुभकामना आदान प्रदान लगाएतको विभिन्न काममा ब्यस्त छु ।

के के गर्ने योजना बनाउनु भएको छ दशैं बिदामा ?

मैले यसपली विद्यालयको भवन निर्माण गरेर दशैं बिदाको सदुपयोग गर्ने बिचार गरेको छु । फुर्सद मिल्दा गृह जिल्ला जनकपुर जाने बिचार छ ।

के- के छन तपाइँको रुचीहरु ?

मलाई समाजसेवामा विशेष रुचि छ त्यसैगरी पढ्ने,लेखहरु लेख्ने र घुम्न मन पराउँछु ।

कसरी शिक्षा क्षेत्रमा प्रवेश भयो तपाईंको ?

सुरुसुरुमा अरुले विद्यालय संचालन गरेको देख्दा रहर लाग्दथियो । ब्यक्तिगत रुपमा शिक्षक बन्छु भन्दापनी राम्रो संस्था चलाउने ईच्छाका कारण र अरुलाई शिक्षित गर्छु भनेर विद्यालय संचालन गरेँ। आफ्नो गृह जिल्लाबाट थोरै विद्यार्थीबाट विद्यालय सुरु गरें अहिले १८ वर्ष भयो अहिले १००० भन्दा बढी विद्यार्थी छन र ४० भन्दा बढीले रोजगारी पाएका छन । १४ वर्ष जनकपुरमा बसे र हाल काठमाडौमा शिक्षा क्षेत्रमा रमाउँदै विद्या सागरमा छु र सोचेको भन्दा बढी रुपमा संलग्न छु ।

शिक्षा क्षेत्रमा लाग्दै गर्दाको तपाईंको सबैभन्दा भन्दा दु:खद क्षण ?

ब्यवसयीक रुपमा भन्नुपर्दा पहिला बालबालिका को खाँचो पर्दथियो त्यसपछि विद्यालय राम्रो हुँदै गर्दा छर छिमेकका विद्यालयको अस्वस्थ प्रतिस्पर्धा सारै दुखद लाग्छ । माओवादी द्वन्दकालमा ४ महिना विद्यालय बन्द गर्नु पर्ने अवस्था आएको थियो। त्यो बेला किन सरकारी जागिर खाएनछु र किन शिक्षा क्षेत्रमा हात हालेछु भनेर पछुतो समेत लागेको थियो । जब माओवादी द्वन्दकालको अन्त्य भयो र शान्ति सम्झौता पश्चात् अलिअली खुसियाली छाएको समय बित्न नपाउँदै मधेस आन्दोलनले जरा गाड्यो । त्यतीबेला यति पीडा थियो जसको वर्णन गर्न सकिदैन । बालबालिकालाई द्वन्दमा प्रयोग गर्ने,हातहतियार दिने, चन्दा माग्ने,डाँका लाग्ने र किड्न्याप गर्ने धम्की सहनु परेको थियो तर सबै पार गरेर आईयो त्यो क्षण अत्यन्तै दु:खद लाग्छ ।

शिक्षा क्षेत्रमा लाग्दाखेरीको सबै भन्दा सुखद क्षण ?

कुनै टिपिकल दिन त छैन तरपनी हरेक बच्चा हरु अन्य कार्यक्रममा सहभागी हुन जान्छ्न त्यो बेला सबै दुख बिर्सन्छु । विद्यार्थी एसएलसी पासआउट भएर जाँदा धेरै खुसी लाग्छ,त्यसैगरी विद्यार्थीले सफलता प्राप्त गरेको सुन्दा र विभिन्न प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गरेको सुन्दा र देख्दा खुसी लाग्छ ।त्यस्तो विशेष दिन भने छैन ।

तपाईंको सफलताको राज के हो ?

मलाई आफू सोचेजस्तो सफल भएको जस्तो त लाग्दैन तैपनी सबैभन्दा बढी सफलताको कारण मेरो इमान्दारिता र संस्थाप्रतीको लागव त्याग र समर्पण जस्तो लाग्छ । टिम वर्क राम्रो छ र मैले प्रशासकक भन्दापनी अभिभावक भएर आफ्ना सहकर्मीलाई प्रोत्साहित गरेर संगसंगै अघि बढेर संस्थालाई राम्रोसँग डोर्‍याउन सफल भएको जस्तो लाग्छ ।

अन्त्यमा के भन्न चाहानुहुन्छ ?

आशाका किरण पढ्ने सम्पुर्ण पाठकहरुमा बडा दशैं दिपावली लगाएतक सम्पुर्ण चाडपर्वको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छु ।अस्वस्थ प्रतिस्पर्धा गरेर चाड नमनाऔं,आफ्नो क्षमता अनुसार खर्च गरौं र छोराछोरीलाईपनि त्यही संस्कार सिकाऔं भन्न चाहन्छु र आफ्नो कुरा राख्ने मौका दिनु भएकोमा आशाका किरणलाई धन्यवाद दिन चाहन्छु ।

Published at: October 6, 2016 4:07 pm

तपाईंको प्रतिकृया जनाउनुहोस्

Loading...

अरु समाचारहरु

ताजा समाचार

Exchange Rate

Nepali Patro