Thursday 14th December 2017

 

सरल ढंगबाट दशैं मनाउने योजना छ : झलकमान तामाङ (प्रधानाध्यापक- मेरिल्यान्ड स्कुल)

गोकर्णेश्वर नगरपालिका वडा नम्बर १२ मा रहेको मेरिल्यान्ड स्कुल नयाँबस्तीको चर्चित शैक्षिक संस्था हो । निम्न आय स्तर भएका र मध्यम वर्गका विद्यार्थीलाई लक्षित गर्दै न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको मेरिल्याण्ड स्कुललाई उचाईमा पुर्‍याउन सरकारी जागिर त्यागेर म यो संस्थालाई हाक्न सक्छु र शिक्षा क्षेत्रमा नयाँ आयाम ल्याउन सक्छु भनेर विद्यालयका प्रधानाध्यापक बनेका झलकमान तामाङसंग आशाका किरणका सुदर्शन बजगाईले गर्नु भएको दशैं बिशेष कुराकानीको संपादित अंश :

आरम हुनुन्छ ?

हजुर ठिकै छु ।

के मा ब्यस्त हुनुन्छ ?

विद्यालयको परिक्षा पनि सक्कियो र बिदा सुरु भयो फुर्सदिलोनै छु ।

के-के छन् दशैंको प्लान ?

त्यस्तो खासै योजना त छैन आफु जन्मे गाउँ ओखलढुंगा जाने बिचार गरेको छु । साथीहरूसंग भेटघाट गरेर मनाउने बिचार छ ।

के-के छन यो चाडले ल्याएका बिकृतीहरु ?

सबै चाडले बिकृती ल्याएको छ । दशैंलाई हिन्दुहरुको मात्र भन्दापनी राष्ट्रिय पर्व भएर होला भौतिकवादी र देखावटी संस्कारको विकास हुँदै गएको छ । अर्ध शिक्षित ब्यक्तिलाई यसले असर गरेको पाएको छु र अर्को कुरा आफ्नो आर्थिक अवस्थालाई ख्यालै नगरी खर्छ गरेर ऋणको खाडलमा जानुपर्ने बाध्यता सिर्जना गरेको छ । खानपानको कुरामापनी विकृति ल्याएको छ , धूम्रपान र मधिरा र मासुको अत्याधिक प्रयोग भएको छ र आडम्बरी संस्कारको विकास भएकाले निम्न आर्थिक श्रोत भएका मानिसको लागि अत्यन्त गार्‍हो स्थिति छ ।

तपाईंको विचारमा यो चाडको सबै भन्दा सुखद पक्षहरु के-के हुन ?

सबै भन्दा सुन्दर पक्ष म आफैंपनी धार्मिक दृस्ठिले बुद्धिस्ट कल्चरमा जन्मेपनी सानैदेखी दशैं मनाउने गरेको छु । सबै हैसाबले आफ्नो कर्तव्य र विभिन्न जिम्मेवारी पूरा गर्ने क्रममा देशमा र विदेशमा रहेका दाजुभाई दिदिबहिनीहरु र साथीहरुसंग भेट हुने र आफुभन्दा ठुला र मान्यजनको हातबाट टीका लगाएर आशिर्वाद लिने कुरा सबैभन्दा सुन्दर पक्ष लाग्छ ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?

राम्रोसँग दशैं मनाउनु हुन अनुरोध गर्न चाहन्छु र र रास्ट्र असहज परिस्थितिबाट गुज्रिएको बेलामा सधै देशको पक्षमा लागौं र सधैं सत्यको पक्षमा लागौँ र सरल ढंगले चाड मनाउनुहुन र सरलतालाई अंगाल्नुहुन अनुरोध गर्दछु र सबै नेपालीहरुमा सुख शान्ति समृद्धि र दिर्घायुको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।

Published at: October 6, 2016 4:38 pm

तपाईंको प्रतिकृया जनाउनुहोस्

Loading...

अरु समाचारहरु

ताजा समाचार

Exchange Rate

Nepali Patro