Tuesday 23rd May 2017

Bidhut-Add-Onlinepana

जोरपाटी फिट्नेस सेन्टर नेपालको उत्कृष्ट क्लब मध्यको एक हो : सुदिप हमाल(संचालक)

sudip-hamal

दैनिक ब्यायाम गर्नाले शारीरिक तथा मानसिक स्फुर्ती आउने कुरा सर्वबितित छ । सबै स्वस्थ रहुन र स्वस्थ नागरिकलेमात्र सम्पन्न र समृद्धि राष्ट्र निर्माण गर्न सकिन्छ भनेर स्वस्थ नागरिक उत्पादन गर्न सहयोग पुर्‍याउन स्थापित भएको क्लब हो जोरपाटी फिट्नेस सेन्टर । सयौं युवालाई न्यून शुल्कमा अनुभवी र दक्ष प्रशिक्षकद्वारा अत्याधुनिक सामाग्री सहित प्रशिक्षण प्रदान गरिरहेका जोरपाटी फिट्नेस सेन्टरका प्रोप्राईटर मध्यका एक सुदिप हमालसंग आशाका किरणका सुदर्शन बजगाईले गरेको कुराकानीको संपादित अंश :

आरमै हुनुन्छ ?

हजुर एकदम ठिक छु ।

के मा ब्यस्त हुनुहुन्छ ?

म नगरपालिकाको कर्मचारी भएकाले वडा कार्यालयको काम कारवाहिमा ब्यस्त छु ।

के छ जोरपाटी फिट्नेस सेन्टरका विशेषताहरु ?

सबै फिट्नेस सेन्टरका आ-आफ्नै विशेषता हुन्छन् त्यस्तैगरि हाम्रो पनि केही छन जसले हामिलाई अरु भन्दा फरक देखाएको छ अझ भनैं नेपालको उत्कृष्ट क्लब मध्यको एकमा पर्न सफल भएको छ । पहिलो कुरा यो १२ वर्ष अगाडि स्थापना भएको हो । हामीसंग भएका प्रशिक्षक अनुभवी र दक्ष हुनुहुन्छ । धर्मश्री,मिस्टर काठमाडौ,मिस्टर बुल्स म्यान लगाएतका प्रतिस्पर्धामा भाग लिएर उपाधी जितेका प्रशिक्षकद्वारा नियमित प्रशिक्षण गराईन्छ । हामीले साउना बाथ, जुम्बा, एरोबिक्स, प्रोटिन पाउडर पनि प्रदान गर्ने गरेका छौं ।आर्मी र प्रहरीको परिक्षामा बिशेष टिप्सपनी प्रदान गरिन्छ ।  पर्याप्त हल,४०० भन्दा बढी लकर, सावर र पर्याप्त पार्किङले हाम्रो क्लबलाई अरुभन्दा फरक बनाएको छ ।

ट्रेनिङको समयको बारेमा बताईदिनुस न ?

हाम्रोमा बिहान ६:०० बजेदेखी ८:०० बजे सम्म,९:००देखि ११:०० ,११:०० देखि १:०० ,३:०० देखि ५:०० र ५:०० देखि ८:०० बजे सम्म विभिन्न सिफ्टमा गरि ६०० भन्दा बढीलाई प्रशिक्षण दिन सक्ने क्षमता छ हाम्रो ।

यहाँबाट प्राप्त उपलब्धिहरु बताईदिनुस न ?

हामिले धेरै उपलब्धीहरु प्राप्त गरेका छौं । हाम्रोमा प्रशिक्षण लिएका सुमन बज्राचार्य भाइ अहिले अमेरिकाको प्रतिष्ठित क्लबमा ट्रेनरको रुपमा काम गरि रहेका छन । भर्खरै ६० भन्दा बढी प्रतिस्पर्धी रहेको मिस्टर काठमाडौंमा दिपक खड्काले पाँचौ स्थान प्राप्त गरेका थिए । निरोगी नागरिक र राम्रो पर्सनालिटी सहितको स्वस्थ नागरिक उत्पादन गरेका छौं र हजारौं युवाको मन मस्तिष्कमा बस्न सफल भएका छौं यहीनै सबैभन्दा ठूलो उपलब्धि हो जस्तो लाग्छ ।

लोकेसनको बारेमा बताईदिनुस न ?

हाम्रो फिट्नेस क्लब जोरपाटी चोक नजिकैको मुख्य सडक खण्डसंगै कृषि विकास बैंकसंग जोडिएको घरमा रहेको छ । जोरपाटी चोक आएर सोध्दा सबैले बताइदिने भएकाले र सबैको पायक पर्ने ठाउँमा छ ।

के-के सुबिधा छन क्लबका मेम्बरले पाउने ?

नि:शुल्क पार्किङ, लकर सुबिधा, साउना बाथ, सावर र प्रोटिन लागाएतका सप्लिमेन्ट सेवा उपलब्ध छन हाम्रो क्लबमा ।

जिम गर्न चाहनेहरुलाई के भन्न चाहानुहुन्छ ?

आउनुस नियमित ब्यायाम गर्नुस,मोटोपन घटाउनुस,आफ्नो पर्सनालिटी मेन्टेन गर्नुस,स्वस्थ रहनुस र हामीसंग गासिएर नेपालकै उत्कृष्ट क्लब मध्यको एक जोरपाटी फिट्नेस क्लबको मेम्बर बन्नुस र भिन्नता पाउनुस भन्न चाहन्छु ।

अन्त्यमा के भन्न चाहानुहुन्छ ?

म अन्त्यमा सबैभन्दा पहिला आफ्नो कुरा राख्ने मौका दिनु भएकोमा आशाका किरणलाई धन्यवाद दिँदै सम्पुर्ण नेपालीहरुमा दशैं तिहार छठ लगाएतको सम्पुर्ण चाडको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै सबैको सुख,शान्ति ,समुन्नति,दिर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

Published at: October 7, 2016 5:27 am

तपाईंको प्रतिकृया जनाउनुहोस्

Loading...

अरु समाचारहरु

ताजा समाचार

Exchange Rate

Nepali Patro