Saturday 25th November 2017

मुस्ताङमा ४२ करोडको स्याउ बिक्री

पोखरा, १५ कात्तिक (रासस) : मुस्ताङका कृषकले यस वर्ष रु ४२ करोडको स्याउ बिक्री गरेका छन् । काठमाडौँं, पोखरा, नारायणघाट, कुस्मा, बागलुङ र म्याग्दीका स्याउ व्यापारीले कृषकको बगँैचामै पुगेर रुखै ठेक्कामा लिई स्याउ खरिद गरेका थिए । थोक व्यापारीले बोटै ठेक्का लिएपछि बजारको मागअनुसार पाकेका दाना टिपी प्याकिङ गरेर बजारमा पठाएर बिक्री गरेका थिए ।..

तीन महिनामा पचास करोडको सिमेन्ट बिक्री

गाईघाट, उदयपुर, ९ कात्तिक (रासस) : देशकै ठूलो र सरकारी स्वामित्वमा रहेको जलजलेस्थित उदयपुर सिमेन्ट उद्योगले तीन महिनाभित्र रु ५० करोड मूल्यको सिमेन्ट बिक्री गरेको छ । साउनको पहिलो हप्तादेखि अहिलेसम्म उद्योगले छ लाख २० हजार बोरा सिमेन्ट बिक्री गरेको छ । अहिलेसम्मकै अत्यधिक सिमेन्ट बिक्री गर्न सफल भएको उद्योगका महाप्रबन्धक सुरेन्द्र..

चावहिल–दक्षिणढोका र जोरपाटी–सुन्दरीजल सडक मर्मत हुने

काठमाडौँ, ६ कात्तिक (रासस) : गोकर्णेश्वर नगरपालिकाले चावहिल–दक्षिणढोका तथा जोरपाटी–सुन्दरीजल सडक मर्मतका लागि सरकारसँग सम्झौता गरेको छ । चावहिलदेखि दक्षिणढोकासम्मको मुख्य सडक र जोरपाटी–सुन्दरीजल सडक र चावहिल–दक्षिणढोका–साँखु सडक प्रयोग गरी दैनिक जीवनयापन गर्नेले बाटो बिग्रिएका कारण वर्षामा हिलो र हिउँदमा धुलोले सास्ती खेप्दै..

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता कात्तिक १५ देखि

वालिङ, स्याङ्जा, ६ कात्तिक (रासस) : यही कात्तिक १५ देखि २० गतेसम्म भिरकोट नगरपालिका– ५ स्वरेक मैदानमा अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता हुनेभएको छ । बाबु एडभेञ्चर क्लबको आयोजनामा हुने प्रतियोगितामा नेपालसहित २५ विदेशी मुलुकका झण्डै ३०० खेलाडीको सहभागिता रहने बाबु एडभेञ्चर क्लबका अध्यक्ष कृष्णजंग केसीले जानकारी दिनुभयो..

कवाडी बटुल्ने विदेशीहरू करोडौँको नेपाली पूँजी लान्छन्

पथरी (मोरङ), ५ कात्तिक (रासस) : पैसा कमाउने सुन्दर सपना बोकेर दैनिक करिब एक हजार नेपाली वैदेशिक रोजगारीमा विदेश गइरहेका छन् । देशमा रोजगारको सम्भावना नदेखेर नेपाली युवा खाडीतर्फ हानिइरहेका बेला भारतीय नागरिक भने नेपाल आएर कवाडी संकलन गरी नेपालमै पैसा कमाएर घरजम चलाइरहेका छन् । कवाडी साट्न ल्याइएका सामग्री र साटेको कवाडीसमेत चोरबाटो भएर..

फूलखेतीबाट मनग्य आम्दानी गर्दै दाहाल

धुलिखेल, ३१ असोज (रासस) : गाउँका युवा पैसा कामाउनकै लागि विदेश जाने लहर चलिरहेको बेला काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–३ नाला चुनातालका दुर्गानाथ दाहालले भने फूलखेती गरेरै महिनामा लाखौँं रुपैयाँ आम्दानी गरिरहनुभएको छ । दाहालले चुनातालमा रहेको आफ्नै बारीमा सयपत्री फूलखेती गरेर आम्दानीको स्रोत पहिल्याउनु भएको हो । उहाँले दुई रोपनी..

सीमा नाकामा सुरक्षा व्यवस्था मजबुत

रसुवा, २८ असोज (रासस) : नेपाल चीन उत्तरी नाका रसुवागढी क्षेत्रमा सुरक्षा व्यवस्था मजबुत पारिएको छ । प्रमुख व्यापारिक नाकाका रुपमा स्थापित रसुवागढी क्षेत्रमा व्यापारिक चहलपहल बढ्दै गएकोले आवश्यक सुरक्षा जनशक्ति बजबुत पारिएको प्रहरी प्रमुख शरतकुमार थापाले जानकारी दिनुभयो । दैनिक ट्रक कन्टेनर गुड्ने, सडकको अवस्था साँघुरो भए पनि..

गौशाला नपाको रु ९० लाख गोलमाल

महोत्तरी, १७ असोज (रासस) ः महोत्तरी जिल्ला गौशाला नगरपालिकाको रु ९० लाख गोलमाल भएको खुलासा भएको छ । नगरपालिकाको बंैक खाताबाट एकै दिनमा त्यति ठूलो रकम अवैधानिक तवरले निकासा भएको रहस्य सार्वजनिक भएको छ । नेपाल बैंक लिमिटेडको शाखा कार्यालय गौशालास्थित बैंकको खाताबाट भदौ १९ गते रु ९० लाख निकालेको रहस्य सार्वजनिक भएको हो । कार्यकारी अधिकृत..

दशैंमा हवाई यात्रु करिब एक लाख, जहाज प्रयोगकर्ता ह्वात्तै बढे

१२ असोज, काठमाडौं । दशैंका समयमा हवाई यात्रु बढ्ने क्रम दुई वर्षयता ह्वात्तै बढेको छ । यसपालिको दशैंमा मात्रै ९६ हजार पाँच सय ५६ जना हवाइमार्गमार्फत् उपत्यकाबाट बाहिरिँदै छन् । नारायणगढ-मुग्लिन सडक विस्तारका कारण लथालिंग रहेका कारण हवाईमार्गमा चाप बढेको हो । जहाज संख्या बढे पनि यात्रुको चाप थेगिनसक्नु छ । बढ्दो चाप मध्यनजर गर्दै..

पानीसँगै बगेर जान्छ ६० अर्ब रुपैयाँ

काठमाडौं, असोज ८-नेपालबाट बर्सेनि ६० अर्ब रुपैयाँभन्दा बढी मूल्यको बालुवा बगेर जाने गरेको पाइएको छ । पूर्वाधार विकासका लागि बालुवा लगायतका निर्माण सामग्री अभाव भइरहेको बेला नेपालबाट भारततर्फ प्रतिवर्ष २ अर्ब २५ करोड क्यूबिक मिटर बालुवा बग्ने गरेको एक अध्ययनले देखाएको छ । बजार मूल्यअनुसार यो परिमाणको बालुवालाई ६० अर्ब रुपैयाँ पर्दछ..

ताजा समाचार

Exchange Rate

Nepali Patro