कृषि

अलैँची खेतीमा रम्दै कृषक

–युवराज विष्ट भोजपुर, ९ असोज (रासस) : भोजपुरका अलैँची कृषक राम्रो आम्दानीसँगै अलैँची खेतीमा रम्न थालेका छन् । भोजपुर नगरपालिका–४ सिद्धेश्वरका चन्द्रबहादुर पाण्डे यतिखेर घरायसी काममा भन्दा प्राय अलैँची खेतीमै समय व्यतित गर्नुहुन्छ । एकसय रोपनी जमिनमा अलैंँची खेती गर्दै आउनुभएका उहाँले वार्षिक रू एकलाख भन्दा बढी आम्दानी गर्दै आउनुभएको..

डेरी उद्योगबाट तीस हजार युवालाई रोजगारी

– कृष्ण दर्नाल पाल्पा, ८ असोज (रासस) : डेरी उद्योगले नेपालमा ३० हजारभन्दा बढी बेरोजगार युवालाई प्रत्यक्ष रोजागरी दिएको छ । नेपालका करीब पाँच लाख किसानले दूध उत्पादन गरी रोजगार र स्वजरोगार बन्दै गएका छन् । पशुपालनतर्फ युवाको आकर्षण बढ्दा रोजगारी पाउनेको सङ्ख्या बर्सेनी बढेको हो । पछिल्ला वर्ष विदेशबाट फर्केका र शिक्षित युवाको पशुपालन..

प्लास्टिक घरभित्र तरकारी खेती

बलेवा, ७ असोज (रासस) : कुलतमा लागेका युवाका लागि सुधार गृहका रुपमा स्थापना गरिएको पुनःस्थापना केन्द्र बागलुङले प्लास्टिक घरभित्र तरकारी खेती गर्न शुरु गरेको छ । कुलतबाट छुटाउन युवालाई कृषि कर्ममा लगाउने उद्देश्यले सो प्लास्टिक घर निर्माण गरिएको हो । कृषि उत्पादनमा अब्बल मानिएका मुलुकमा प्रयोग गरिँदै आएको अत्याधुनिक पलास्टिक घर प्रविधि..

किसानको आकर्षण खुमल–४ धानप्रति

ललितपुर, ६ असोज (रासस) : नेपालमा सबैभन्दा बढी किसानले लगाउने खुमल–४ जातका धानको बीउमा विभिन्न किसिमका समस्या देखिए पनि किसानको आकर्षण कम भएको छैन । चामल र पराल दुबै नरम र धेरै उत्पादन हुने गुणका कारण किसानले खुमल–४ नै रोप्न चाहने गरेको नेपाल कृषि अनुसन्धान परिषद्(नार्क) ले जनाएको छ । केही वर्षदेखि नार्कले किसानलाई मसिनो चामलमा खुमल–१०..

व्यावसायिक कफी खेती शुरु

– कृष्ण न्यौपाने दमौली, ६ असोज (रासस) : तनहुँको देवघाट गाउँपालिका–३ छिपछिपेका कृषकले व्यावसायिक रूपमा कफीखेती शुरु गरेका छन् । जिल्लाको अतिविकट कछार क्षेत्र मानिने छिपछिपेका कृषकले ५० रोपनी क्षेत्रफलमा कफीखेती शुरु गरेका हुन् । यस ठाउँका कृषकले सुन्तलाखेती समेत गर्दै आएका छन् । अन्य खेती नहुने भएपछि यहाँका कृषकले सुन्तलासँगै..

कैलालीमा पुष्पखेतीको थालनी

–दुर्गा देवकोटा लम्की, ५ असोज (रासस) : कैलालीमा पहिलो पटक व्यावसायिक पुष्पखेती शुरु गरिएको छ । टीकापुरका सीताराम चौधरीले १० कट्ठा जमीनमा सयपत्री फूलको व्यावसायिक खेती थाल्नुभएको हो । चौधरीले चितवनको पाख्रिन नर्सरीबाट ११ हजार बेर्ना ल्याई पुष्पखेती गर्नुभएको हो । उहाँले प्रतिबिरुवा रु पाँचमा खरीद गर्नुभएको हो । “थप जग्गा भाडामा लिई अन्य..

कृषि उत्पादनबाट जीविकोपार्जन

रसुवा, ४ असोज (रासस) :उत्तरी रसुवाको गतलाङ क्षेत्रका बासिन्दालाई स्थानीयस्तरको आयले जीविकोपार्जनमा सहजता पुगेको छ । स्थानीयवासी गोम्बो छिरिङ तामाङकाअनुसार भेडाबाख्रापालन र चौरीपालनका भरमा गाउँका ५५० परिवारले जीविकोपार्जन गर्दै आएका छन् । यहाँ आलु र सिमी पनि पर्याप्त मात्रामा फल्छ । आलु यहाँको प्रमुख वाली हो । तामाङ समुदायको बसोबास..

अज्ञात रोगले चौपाया मर्न थाले

डोटी, ४ असोज (रासस) : करीब दुई महिना यतादेखि फैलिएको अज्ञात रोगले डोटीमा चौपाया मर्न थालेका छन् । जिल्लाको शिखर नगरपालिका–१० बानेडुग्रीसैनमा केही महिना यतादेखि फैलिएको अज्ञात रोगले भैँसी, गोरु तथा गाई मर्न थालेको स्थानीय वीरबहादुर बलायरले बताउनुभयो । जिल्ला पशु सेवा कार्यालय डोटीले सो ठाउँका पशु चौपायामा कुन रोग लागेको हो अहिलेसम्म..

हरियो चिया पत्ती उत्पादनमा कमी

– गङ्गा पराजुली पशुपतिनगर, इलाम, ४ असोज (रासस) : पछिल्लो समय हरियो चिया पत्ती उत्पादनमा कमी आएको छ । उत्पादन कम हुँदा चिया प्रशोधन गर्ने कारखानालाई सधैँ हरियो पत्तीको अभाव हुने गरेको छ । केन्द्रीय तथ्याङ्क विभाग र चिया तथा कफी विकास बोर्डले गरेको सर्वेक्षण अनुसार नेपालमा चिया प्रशोधन गर्न ११३ उद्योग सञ्चालनमा छन् । चिया प्रशोधन उद्योगको..

मल बन्दरगाहमै थन्कियो

वीरगञ्ज, ४ असोज (रासस) : नेपाल आयात गर्न लागिएको मल सिर्सियास्थित सुख्खा बन्दरगाहमा थन्किएको छ । नेपाल स्वतन्त्र सवारी चालक सङ्घर्ष समितिले मङ्गलबारदेखि आन्दोलन गरेका कारण ढुवानी गर्न नसक्दा सो मल बन्दरगाहमै थन्किएको हो । ढुवानी हुन नसक्दा किसान चर्को मूल्यमा मल किन्न बाध्य छन् । भारतबाट तस्करी गरी ल्याइएको ५० किलो तौलको युरिया मल रु एक..