कृषि

वार्षिक ९१ अर्बको दूध बिक्री

पुस १३, चितवन – ग्रामीण क्षेत्रमा दूध बिक्रीबाट वर्षेनी रु १२ अर्ब भित्रिने गरेको छ । नेपाल डेरी एशोसिएसनले १९औँ वार्षिक साधारणसभा एवं सातौँ राष्ट्रिय महाधिवेशनको सन्दर्भमा बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । एशोसिएसनका महासचिव प्रह्लाद दाहालले नेपालमा दैनिक ४८ लाख लिटर दूध उत्पादन हुने गरेको बताए। सरदर रु..

चिया खेतीका लागि माटो परीक्षण शिविर

भोजपुर जिल्लामा चियाखेतीका लागि निःशुल्क माटो परीक्षण शिविर सन्चालन भइरहेको छ । भोजपुरका धेरै ठाउँमा चियाखेतीको प्रशस्त सम्भावना रहेको भएपनि माटोको परीक्षण नहुँदा किसानले खेती गर्न समस्या परेकाले सहज तरिकाले खेती गर्न माटोको परीक्षण शुरु गरिएको हो । सोमबारदेखि माटो परीक्षण गर्न थालिएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको..

अलैँची खेतीमा किसान आकर्षित

बाँझो पल्टिएको जग्गामा अलैँची खेती फस्टाएपछि जैमिनी नगरपालिका–२ र ३ का किसान खुशी छन् । परीक्षणमै राम्रो आम्दानी पाएका किसानले अलैँचीको व्यावसायिक खेती शुरु गरेका हुन् । राम्रो बजार मूल्यका कारण पनि अलैँची खेतीमा किसानको आकर्षण बढेको हो । सोही ठाउँको गाँजा सामुदायिक कृषि सहकारी संस्थामार्फत एक सय रोपनी जमिनमा पनि अलैँची खेती..

अकबरे खोर्सानीको बजार भाउ घटेपछि किसान चिन्तित

तेह्रथुममा उत्पादन भएको अकबरे खोर्सानीले राम्रो मूल्य नपाउँदा यहाँका किसान चिन्तित बनेका छन् । वर्षेनि उत्पादन बढ्दै गए पनि बजार व्यवस्थापनमा कसैले चासो नदिँदा अकबरे खोर्सानीले बजार नपाएको गुणासो किसानको छ । बजार भाउ घटेपछि अकबरे खोर्सानीको व्यावसायिक खेती गरिरहेका किसान अहिले निराश बनेका छन् । गत वर्ष यो मौसममा अकबरे खोर्सानीको..

धान उत्पादनमा वृद्धि

यस वर्ष बारामा धान उत्पादनमा वृद्धि भएको छ । समयमै पटक पटक पानी परेका कारण धान उत्पादनमा वृद्धि भएको कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत शिवरत्न साहले बताउनुभयो । साउनको अन्तिम सातादेखि परेको अविरल वर्षाका कारण बाढीले धानखेतीमा केही क्षति पु¥याएपनि उत्पादनमा कमी नआएको साहले बताउनुभयो । आव २०७४÷७५ मा कृषकले करिब ४१ हजार..

आधुनिक कृषि यन्त्रको प्रयोग बढ्दै

पछिल्लो समयमा जिल्लाका किसान आधुनिक कृषि यन्त्र प्रयोग गर्न थालेका छन् । खेत जोत्न, धान, गहुँ चुट्न, मकै छर्ने लगायतका काममा किसानले आधुनिक कृषि यन्त्रको प्रयोग गर्न थालेका हुन् । गोरुले खेत जोत्नुको सट्टा पछिल्लो समयमा व्यावसायिक किसानले हाते ट्र्याक्टर र ट्र्याक्टरले खेत जोत्न थालेका छन् । धान गहुँ चुट्नका लागि थ्रेसरको प्रयोग गर्न..

आलेख : सुन्तला बगैँचामा व्यापारीको चहलपहल

बेनी नगरपालिका–४ बास्कुनाका भीम गुरुङले रु एक लाखमा आफ्नो सुन्तला बोटबाटै बिक्री गरे । पोखराबाट आएका व्यवसायीले गुरुङको २० वटा बोटमा फलेको सुन्तलालाई रु एक लाखमा खरिद गरेका हुन् । गुरुङको मात्रै होइन यो बास्कुनाका १५ घरधुरीको सुन्तला बोटबाटै प्रतिकिलो रु ५० मा बिक्री भएको छ । पोखराबाट सुन्तला खरिद गर्न गएका कुमार कार्की र राज शर्माको..

अलैँची उत्पादनमा वृद्धि

अलैँची खेतीतर्फ कृषकको आकर्षण बढे सँगै ताप्लेजुङमा यसको उत्पादनमा वृद्धि भएको छ । यस वर्ष दुई हजार ९४० मेट्रिक टन अलैँची उत्पादन भएको छ । यो पछिल्लो ६ वर्ष यताकै बढी उत्पादन हो । गत वर्ष दुई हजार ५२० मेट्रिक टन अलैँची उत्पादन भएको थियो । चालु आर्थिक वर्ष २०७४÷७५ मा चार हजार २०० हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिएको छ । हालको बजार..

अदुवाको मूल्य नपाउँदा किसान मर्कामा

आठराई गाउँपालिका–७, थोक्लुङका रामप्रसाद तिम्सीनाले दुई वर्षदेखि अदुवाबाट मनग्य आम्दानी गर्दैआउनुभएको छ । गत वर्ष उहाँले प्रतिकिलो रु ५० का दरले बीउ किनेर पाँच रोपनी जमिनमा अदुवा रोप्नुभयो । तर सोचेजस्तो मूल्य नपाएपछि तिम्सीनाले उत्पादनको केही प्रतिशत मात्रै बिक्री गर्नुभयो । बाँकी अदुवा पुनः बारीभरि रोप्नुभयो । यसपालि पनि अदुवाको..

धान उत्पादनमा कमी

मोरङमा गत वर्षको तुलनामा धानबालीको रोपाइँ हुन नसक्दा उत्पादनमा कमी आएको छ । जिल्लामा गत वर्ष ७८ हजार हेक्टर जग्गामा धानखेती गरिएकोमा तीन लाख ५८ हजार ८०० मेट्रिक टन उत्पादन भएको थियो । गत वर्ष ७४ हजार ८८० हेक्टरमा रोपाइँ हुँदा तीन लाख ५१ हजार ९३६ मेट्रिक टन धान उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख मनोजकुमार यादवले बताउनुभयो..