Wednesday 23rd May 2018

महोत्तरीमा १३१ कुष्ठरोगी

गौशाला, ८ जेठ (रासस): महोत्तरी जिल्लामा १३१ कुष्ठरोगी छन् । जलेश्वर नगरपालिका कार्यालयले आज ‘नगरस्तरीय कुष्ठरोग निवारण अभियान’ कार्यक्रमबारेमा पत्रकारसँग गरेको अन्तरक्रियामा नगरपालिकाका स्वास्थ्य विकास अधिकृत डा सुबोधकुमार मिश्रले महोत्तरीका १० नगरपालिका र पाँच गाउँपालिकामध्ये सबैभन्दा बढी जलेश्वर नगरपालिकामा २४ र सबैभन्दा कम..

पाँच वर्षभित्र सबै स्थानीय तहमा अस्पताल

काठमाडौँँ, ७ जेठ (रासस) : पाँच वर्षभित्र सबै स्थानीय तहमा १५ शय्याको अस्पताल निर्माण गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलेसंघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७५÷७६ को वार्षिक नीति तथा कार्यक्रम पेश गर्दै प्रत्येक स्थानीय तहमा कम्तीमा एक चिकित्सक रहने व्यवस्था गरिने उल्लेख गर्नुभयो । एक सयभन्दा बढी बिरामीकक्षका ठूला..

नेपालले पायो खस्रे रोग (ट्रकोमा) निर्मूलन गरेको प्रमाणपत्र

काठमाडौँ, ७ जेठ (रासस) : नेपालले आँखामा लाग्ने खसरोग (ट्रकोमा) निर्मूलनमा सफलता हासिल गरेपछि विश्व स्वास्थ्य संगठनबाट निर्मूलनको प्रमाणपत्र पाएको छ । स्विटजरल्याण्डको जेनेभास्थित प्रधान कार्यालयमा चलिरहेको ७१औँ महासभामा यही जेठ ६ गते स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्याललाई रोग निर्मूलनको प्रमाणपत्र प्रदान गरिएको हो..

राष्ट्रकवि घिमिरे अस्पताल भर्ना

काठमाडौँ, ७ जेठ (रासस) : राष्ट्रकवि माधवप्रसाद घिमिरे रक्तस्राव बढेपछि अस्पताल भर्ना हुनुभएको छ । मुटु, किड्नी र फोक्सोको समस्या देखिएपछि उहाँलाई एक साताअघि ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना गरिएको राष्ट्रकवि घिमिरेका छोरा राजीव घिमिरेले जानकारी दिनुभयो । आन्तरिक रक्तस्राव भएपछि हाई केयर युनिटमा राखेर अहिले उहाँको उपचार उपचार..

अर्थाभावले एम्बुलेन्स थन्कियो

ललितपुर, ७ जेठ (रासस) : अर्थाभावका कारण गोदावरी नगरपालिका–१० स्थित बज्रबाराही सामुदायिक अस्पतालको एम्बुलेन्स थन्किएको छ । एम्बुलेन्सबाट उठेको रकमले त्यसलाई सञ्चालन गर्न नसकिएको अस्पतालका निमित्त कार्यक्रम निर्देशक गणेशराज श्रेष्ठले बताउनुभयो । पहिले गैरसरकारी संस्थाले अस्पताल सञ्चालनमा सहयोग गर्दै आएको थियो । जिल्ला अस्पताल यहाँ..

बर्डफ्लु संकटग्रस्त क्षेत्रमा जनस्वास्थ्यको टोली

चितवन, ६ जेठ (रासस) : कुखुरामा बर्डफ्लु प्रमाणित भएपछि संकटग्रस्त क्षेत्र घोषणा गरिएको क्षेत्रमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले मानव स्वास्थ्यका बारेमा अनुगमन थालेको छ । पूर्वी चितवनको खैरहनी नगरपालिका– ९ सुर्तनीमा महाशाखाका डा हेमन्त ओझाको नेतृत्वमा आएको पाँच जनाको प्राविधिक टोलीले त्यहाँका बासिन्दाको स्वास्थ्य..

उपचारका लागि मन्त्री यादव थाइल्याण्ड जाँदै

काठमाडौँ, ६ जेठ (रासस) : उद्योग , वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवलाई थप उपचारका लागि आज थाइल्याण्ड लगिने भएको छ । चिकित्सकको सल्लाहअनुसार उहाँलाई आज थाइल्याण्डको ब्रुमग्राड अस्पताल लैजान लागिएको मन्त्री यादवका स्वकीय सचिव सन्तोष विष्टले जानकारी दिनुभयो । आज अपराह्न १३.३० बजे उहाँ थाई एयरको जहाजबाट त्यसतर्फ जाँदै हुनुहुन्छ..

टोखामा स्वास्थ्य सेवा केन्द्र स्थापना

काठमाडौँ, ६ जेठ (रासस) : काठमाडौँको उत्तरी क्षेत्रका जनताको स्वास्थ्यलाई ध्यानमा राखेर टोखा नगरपालिका–३ मा धनेश्वरमा धनेश्वर स्वास्थ्य सेवा केन्द्र तथा पोलिक्निक सञ्चालनमा आएको छ । लामो समयदेखि टोखामा बसोबास गर्दै आउनुभएका १५ चिकित्सक तथा परिचरको लगानीमा आजदेखि धनेश्वर स्वास्थ्य सेवा केन्द्र तथा धनेश्वर पोलिक्निक सञ्चालनमा..

स्वास्थ्य भक्तपुर अभियान शुरु

नगरकोट, ६जेठ (रासस) : रगत नपाए भक्तपुर जानू भन्ने अभियान चलाइरहेको भक्तपुर रेडक्रसले स्वास्थ्य भक्तपुर अभियान सञ्चालन गरेको छ । वर्षायाम शुरु भएसँगै मानिसमा विभिन्न स्वास्थ्य समस्या देखिनसक्ने भएकाले स्वास्थ्यको बारेमा चेतना जगाउने उद्येश्यले स्वास्थ्य अभियान सञ्चालन गरिएको नेपाल रेडक्रस सोसाइटी भक्तपुरका मन्त्री परशुराम पाण्डेले..

विद्यार्थी मृतावस्थामा फेला

महेन्द्रनगर, धनुषा, ६ जेठ (रासस) : जनकपुर उपमहानगरपालिकास्थित एक विद्यालयमा एक विद्यार्थी मृतावस्थामा फेला परेका छन् । जनकपुरको भानुचोकस्थित मिथिला मन्टेश्वरी बोर्डिङ स्कूलमा कक्षा १० मा अध्ययनरत १६ वर्षीय धीरेन्द्र साह विद्यालयमै झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । जनकपुर उपमहानगरपालिका–१५ कुवारामपुर बस्ने..

समाचार


क्षेत्रीको अध्यक्षतामा केन्द्रीय समिति गठन

विराटनगर, ८ जेठ (रासस) : नेपाल प्रजातान्त्रिक पार्टीको आज सम्पन्न केन्द्रीय भेलाले रामचन्द्र क्षत्रीको अध्यक्षतामा २९ सदस्यीय केन्द्रीय समिति गठन … ..

एउटा गाउँपालिका तीन कर्मचारीको भरमा

–शरद शर्मा कैलाली, ८ जेठ (रासस) : कैलालीको विकट मोहुन्यालय गाउँपालिका तीनजना कर्मचारीको भरमा सञ्चालन हुँदै आएको छ । एकजना प्रमुख … ..

टेलिकमको डाटा सेवा प्रयोगकर्ता एक करोड

काठमाडौँ, ८ जेठ (रासस) : नेपाल टेलिकमको डाटा सेवाका प्रयोगकर्ता एक करोड एक लाख ५४ हजार पुगेका छन् । कम्पनीले हालै … ..