खेलकुद

युएइद्वारा नेपालसामु २६९ रनको विजय लक्ष्य प्रस्तुत

काठमाडौँ, १६ असोज (रासस) : बङ्गलादेशमा जारी एसिसी यू–१९ एसिया कप क्रिकेटअन्तर्गत समूहचरणको अन्तिम खेलमा युनाइटेड अरब इमिरेट्स युएइ ले नेपालसामु जितका लागि २६९ रानको लक्ष्य प्रस्तुत गरेको छ । बङ्गलादेशको क्रिरा शिख मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएइले पूरै ५० ओभर खेल्दै आठ विकेट गुमाएर २६८ रन बनाउन सफल भयो । नेपाल केहीबेरमा जवाफी..

राजनीतिका खेलाडी पोखरा रङ्गशालामा

पोखरा, १६ असोज (रासस) : अधिकांश समय औपचारिक पोशाकमा सजिएर सभासमारोहमा देखिनुहुने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा यतिखेर पोखरा रङ्गशालामा जारी वल्र्ड रेङ्किङ टेनिस टुर्नामेन्टमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । उमेर ६४ वर्ष पुगिसकेका उहाँ अहिले पनि उत्तिकै जोशिलो र फूर्तिलो रुपमा वल्र्ड रेङ्किङ्मा आफूलाई लैजाने..

नेपाल र ताजकिस्तान भिड्दै

काठमाडौँ, १६ असोज (रासस) : डिफेन्डिङ च्याम्पियन नेपाल बङ्गबन्धु गोल्डकपको पहिलो खेलमा आज ताजकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । बङ्गलादेशको ढाकामा सोमबारदेखि शुरु भएको बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकपअन्तर्गत नेपालले समूह चरणको पहिलो खेलमा आज अपराह्न ताजकिस्तानसँग खेल्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । त्यस्तै दोस्रो..

भलिबलको सेमिफाइनलका खेल आज

काठमाडौँ, १६ आसोज (रासस) : नेपाल भलिबल सङ्घ र भारतको आधिअवाधी फाउण्डेसनको आयोजनामा यहाँ जारी सर्वाधिक पुरस्कार राशिको महिला भलिबल प्रतियोगिताका दुबै सेमिफाइनलका खेल आज हुँदैछन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप)को कबर्डहलमा जारी प्रतियोगिताअन्तर्गत आज पहिलो सेमफिाइनलमा चितवन टाइगर्सले नेपाल पुलिस क्लबसँग तथा..

नेपाल र बङ्गलादेशको खेल आज

काठमाडौँ, १६ असोज (रासस) : भूटानमा जारी यू–१८ माहिला साफ च्याम्पियनसीप फुटबलमा आज नेपाल र बङ्गलादेश भिड्दैछन् । दुवै टोली सेमिफाइनलमा पुगिसकेकाले आज विजयी हुने टोली समूह विजेता र पराजित हुने टोली समूह उपविजेताका रुपमा सेमिफाइनलमा पुग्नेछन् । पहिलो खेलमा नेपालले पाकिस्तानलाई १२–० गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै बङ्गालदेशले..

आफ्नै लगानीमा खेल्दै खेलाडी

–शेरबहादुर सिंह भीमदत्तनगर, १६ असोज (रासस) : गत असोजको पहिलो साता काठमाडौँमा सम्पन्न खुल्ला ब्याडमिन्टन प्रतियोगिताको यू–१५ महिलातर्फ कञ्चनपुरकी विश्ना विष्ट उपविजेता भइन् । जिल्लाकै प्रतिनिधित्व गर्र्दै व्याडमिन्टन प्रतियोगितामा उपविजेता बनेकी विश्ना विगत तीन वर्षदेखि भीमदत्तनगरस्थित कभर्डहलमा अभ्यास गर्दै आएकी छिन् । उपाधि..

पुरुष टोली विजयी

काठमाडौँ, १६ असोज (रासस) : जर्जियामा जारी ४३औँ बुद्धिचाल ओलम्पियाडमा नेपाली पुरुष टोली विजयी भएको छ । गए राति सम्पन्न खेलमा छैटौँ चरणको खेलमा नेपालले श्रीलङ्कालाई २.५–१.५ अङ्कले पराजित गरेको हो । छैटौँ चरणको जितसँगै नेपालले कूल आठ अङ्क बनाएको छ । नेपालका लागि रिजेन्द्रराज भण्डारीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । बरियतामा ११८औँ स्थानमा..

विश्वको सर्वाधिक उचाइ छुमचौरमा खेलमैदान बन्दै

जुम्ला, १५ असोज (रासस) : जुम्ला सदरमुकाम खलङ्गादेखि पूर्वी भेगमा पर्ने विश्वको सर्वाधिक उचाइ पातारासी गाउँपालिकाको छुमचौरमा खेलमैदान बन्ने भएको छ । दुई हजार ८०० मिटर उचाइमा रहेको पातारासी गाउँपालिका–३ छुमचौरस्थित मालिका मावि लोडचौरमा उक्त खेलमैदान बन्ने भएको हो । जिल्ला खेलकुद विकास समितिका जुम्लाका प्रमुख कविदत्त न्यौपानेका अनुसार..

ए डिभिजन लिग शुरु

काठमाडौँ, १३ असोज (रासस) : चार वर्षपछि हुन लागेको शहीद स्मारक ए डिभिजन लिग आजदेखि शुरु हुँदैछ । घरेलु फुटबल आन्तरिक किचलोमा फसेपछि चार वर्षदेखि स्थगित हुँदै आएको ए डिभिजन लिग आजदेखि शुरु हुन लागेको हो । रेलिगेशन नहुने प्रावधानसहित शुरु हुन लागेको लिगमा ए डिभिजनका १४ क्लबले करीब तीन महीना प्रतिस्पर्धा गर्नेछन् । सो प्रतियोगिता आगामी माघ १६..

पिपिएलमा लागि १९७ खेलाडी सूचीकृत

काठमाडौँ, १२ असोज (रासस) : आगामी कात्तिक ९ देखि २० गतेसम्म पोखरामा हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन १७९ खेलाडीले नाम दर्ता गराएका छन् । पिपिएल आयोजक क्विन्स इभेन्ट्स प्रालिका अनुसार क्याप्ड सिनियरमा ३०, क्याप्ड एज लेभलमा ५७, र अनक्याप्डमा ९२ खेलाडीले नाम दर्ता गराएका छन् । क्विन्स इभेन्ट्सले..