खेलकुद

नेपालले मलेसियासँग खेल्ने

काठमाडौँ, ७ असोज (रासस) : एएफसी सोह्र वर्षमुनि यु–१६ महिला च्याम्पियनसिपअन्र्तगत आज छनोट चरणको अन्तिम खेलमा नेपालले मलेसियासँग खेल्नेछ । हल्चोकस्थित सशस्त्र प्रहरी बल एपिएफको मैदानमा हुने उक्त खेलमा समूह ‘इ’ को आफनो अन्तिम खेलमा नेपालले विजय लक्ष्यका साथ मलेसियाको सामना गर्नेछ । उक्त खेल नेपाली समयअनुसार दिउसो ३ :३० बजे हुनेछ । नेपाल र..

तेस्रो लुम्बिनी फुटसल लिग सुरु

काठमाडौंकाे चाबहिल चुच्चेपाटीस्थित लुम्बिनी कलेजले आयोजना गरेको ‘तेस्रो लुम्बिनी फुटसल लिग २०७५’ सुरु भएको छ । शुक्रबार कलेज परिसरमा आयोजित कार्यक्रममा नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा गुरुङले लिगको उद्घाटन गरेका हुन् । शुक्रबार नै लुम्बिनी एकेडेमीले सञ्चालनमा ल्याएको ‘लुम्बिनी फुटबल एकेडेमी’को पनि उद्घाटन गरिएको छ ।..

चौध क्लबले खेलाडी दर्ता गराए

काठमाडौँ, ६ असोज (रासस) : यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिगका लागि १४ क्लबले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)मा खेलाडी दर्ता गरेका छन् । एन्फाले दिएको शुक्रबारसम्मको समयसीमाभित्र ‘ए’ डिभिजनका १४ क्लबले न्यूनतम १८ देखि अधिकतम ३५ खेलाडी एन्फामा दर्ता गराएका छन् । एन्फाले यसै वर्षदेखि खेलाडी दर्ताको प्रावधान ल्याएको हो ।..

झापामा क्रिकेट प्रतियोगिता

भद्रपुर, ५ असोज (रासस) : कनकाई नगरपालिकास्थित कनकाई माध्यमिक विद्यालयको खेल मैदानमा शनिबारदेखि राष्ट्रियस्तरको खुल्ला नकआउट टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । यही असोज १२ गतेसम्म हुने उक्त प्रतियोगितामा मकवानपुर क्रिकेट एकेडेमी, युथ क्रिकेट एकेडेमी, उदयपुर क्रिकेट एकेडेमी, खुकुरी क्रिकेट एकेडेमी, ह्वाइट वास क्रिकेट क्लब, लाली..

फुटबल एकेडेमी बनाइने

कास्की, ५ असोज (रासस) : अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले यहाँ प्रदेशस्तरीय फुटबल एकेडेमी निर्माणमा चासो दिएको छ । उक्त कार्यका लागि युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्मासहित एन्फा पदाधिकारीको टोलीले पोखरा महानगरपालिका–१५ को तल्लो भाग र माछापुच्छरेगाउँपालिकाको वडा नं ६ भेडाबारीस्थित सरकारी जग्गा बिहीबार निरीक्षण गर्नुभएको थियो..

रङ्गशाला निर्माणका लागि ५० रोपनी जग्गा प्रदान

फिदिम, पाँचथर, ४ असोज (रासस) : पुष्पलाल (मध्यपहाडी) लोकमार्ग आसपासका १० शहरलाई नयाँ शहरको रुपमा विकास गर्ने सरकारी योजनाअनुसार काम भइरहेको पाँचथर सदरमुकाम फिदिममा व्यवस्थित रङ्गशाला निर्माणका लागि यहाँका स्थानीयले ५० रोपनी जग्गा निःशुल्क प्रदान गर्नुभएको छ । फिदिम नगरपालिका–५ सरसिउलामा रङ्गशाला निर्माणका लागि स्थानीय जग्गाधनीले ५०..

राष्ट्रिय फुल कन्ट्याक्ट कराते

काठमाडौँ, ३ असोज (रासस) : ‘इन्टरनेसनल फेडेरेसन अफ क्योकुसिन काइकान कराते नेपाल (आइएफकेके)’को आयोजनामा प्रथम राष्ट्रिय पुरुष तथा महिला तौल समूह फुल कन्ट्याक्ट कराते प्रतियोगिता हुने भएको छ । आगामी सोमबारदेखि शुरु हुने उक्त प्रतियोगितामा विभिन्न पाँच विधामा प्रतिस्पर्धा हुने आयोजक आइएफकेकेका संस्थापक अध्यक्ष प्रेम लामाले आज यहाँ आयोजित..

नेपाल–फिलिपिन्सबीचको फुटबल खेल आज

काठमाडौँ, ३ असोज (रासस) : एएफसी यू–१६ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र फिलिपिन्स भिड्दैछन् । आगामी वर्ष थाइल्याण्डमा हुने एएफसी यु–१६ महिला च्याम्पियनसिपको पहिलो चरणमा समूह ‘इ’को छनोट खेलमा नेपालले आज फिलिपिन्ससँग प्रतिस्पर्धा गर्न लागेको हो । शसस्त्र प्रहरी बलको हल्चोकस्थित मैदानमा दिउँसो ३ :३० बजे खेल हुनेछ । पहिलो चरणमा विभिन्न..

एएफसी यु–१६ महिला च्याम्पियनसिप

काठमाडौँ, २ असोज (रासस) : एएफसी सोह्र वर्षमुनि (यु–१६) महिला च्याम्पियनसिप छनोटको उद्घाटन खेलमा नेपालले बलियो टोली फिलिपिन्सको सामना गर्दैछ । आगामी सन् २०१९ मा थाइल्याण्डमा हुने एएफसी यु–१६ महिला च्याम्पियनसिपको पहिलो चरणको छनोटअन्तर्गत समूह इ का खेलमा नेपालले विजय लक्ष्यका साथ भोलि बुधबार फिलिपिन्सको सामना गर्दैछ । पहिलो चरणमा..

अफगानिस्तानद्वारा नेपाललाई चुनौतीे

काठमाडौँ, २ असोज (रासस) : भारतको लखनउमा भइरहेको १९ वर्षमुनिको एक दिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत आज तेस्रो स्थानको लागि भएको भिडन्तमा अफगानिस्तानले नेपाललाई २४५ रनको चुनौती दिएको छ । लखनउस्थित एकान अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले नेपाललाई २४५ रनको लक्ष्य दिएको हो । अफगानिस्तानले ५० ओभरमा..