खेलकुद

भारोत्तोलन खेलाडी पोल्याण्डतर्फ

काठमाडौँ, २ असोज (रासस) : ‘वल्र्ड युनिभर्सिटी भारोत्तोलन च्याम्पियनसीप’मा सहभागी हुन नेपाली टोली पोल्याण्ड प्रस्थान गरेको छ । दुई खेलाडीसहित चार सदस्यीय टोली सोमबार राति पोल्याण्डतर्फ गएको हो । यही असोज ४ देखि ७ गतेसम्म हुने उक्त प्रतियोगितामा पुरुष ५६ किलो तौल समूहमा गणेश रानाभाट र महिला ५३ किलो तौल समूहमा मनीषा रानाभाटले प्रतिस्पर्धा..

प्रथम लालिगुराँस नेपाल कप फुटसल प्रतियोगिताको उपाधी पेपे फुटबल क्लबलाई

सुदर्शन बजगाई,आशाका किरण मिडिया,काठमाडौं । राजधानीमा भाद्र २९ गते आयोजित प्रथम लालिगुँरास नेपाल फुटसल प्रतियोगिता पेपे फुटबल क्लबले जितेको छ । पासिकोट क्लबलाई ३-२ गोल अन्तरले पराजित गर्दै महाराजगन्जमा रहेको स्काई फुटसलमा पेपे क्लबले उपधी जितेको हो । बुनपा १० का अध्यक्ष नवराज भट्टराईले उत्घाटन गरेको प्रतियोगिताको समापन प्रदेश सभा..

शहीद स्मारक ‘ए’ डिभिजन लिगको ‘ट्रफी टुर’

–कुमार चौलागार्इं काठमाडौँ, १ असोज (रासस) : अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले पहिलो पटक शहीद स्मारक ‘ए’ डिभिजन लिगको ‘ट्रफी टुर’ शुरु गरेको छ । लिगको सो ट्रफी काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न विद्यालयमा पुरयाइने छ । एन्फाद्वारा गठित लिग समितिका संयोजक विज्ञानराज शर्माका अनुसार उक्त टुरअन्तर्गत काठमाडौँका पाँच तथा ललितपुर र भक्तपुरका..

राष्ट्रिय महिला भलिबल बागलुङमा

बागलुङ, १ असोज (रासस) ; बाइसौँ राष्ट्रिय महिला भलिबल प्रतियोगिता जिल्लाको गलकोटमा हुने भएको छ । नेपाल भलिबल सङ्घको आयोजना, गलकोट नगरपालिकाको सहयोग र जिल्ला भलिबल सङ्घको व्यवस्थापनमा सो प्रतियोगिता यही असोज २३ देखि २७ गतेसम्म चल्नेछ । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० टिमको सहभागिता रहने जिल्ला भलिबल सङ्घ बागलुङका अध्यक्ष याम..

कात्तिकमा इण्डो–नेपाल राष्ट्रिय कराँते प्रतियोगिता

काभे्रपलाञ्चोक, १ असोज (रासस) : आउँदो कात्तिक महिनामा काभे्रपलाञ्चोक जिल्लाको बनेपामा प्रथम इण्डो–नेपाल खुला तौल समूह फुल कन्ट्याक्ट (क्योकुशिन–सेइसिन)कराँते प्रतियोगिता तथा तेस्रो राष्ट्रिय पुरुष तथा महिला तौल समूह क्योकुशिन–सेइसिन (फूलकन्ट्याक्ट) कराँते प्रतियोगिता–२०७५ आयोजना गरिने भएको छ । नेपाल क्योकिशिन–सेइसिन काइकान कराँते..

बुद्धिचाल प्रतियोगिता

भक्तपुर, १ असोज (रासस) : नेपाल मजदुर किसान पार्टीको भातृ सङ्गठन नेपाल क्रान्तिकारी युवा सङ्घले राष्ट्रव्यापी रयापिड बुद्धिचाल प्रतियोगिता आयोजना गर्ने भएको छ । आज सङ्घले आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै प्रतियोगिताको संयोजक एवं भक्तपुर चेस क्लबका अध्यक्ष राजकुमार लघुले कमलविनायकस्थित बक्सिङ हलमा मङ्गलबार र बुधबार..

भैँसेपाटीमा बेसबल खेल मैदान

ललितपुर, १ असोज (रासस) : ललितपुर महानगरपालिका–२५ भैँसेपाटीस्थित फूलबारी मार्गमा बेसबल खेल मैदान निर्माण गरिएको छ । लालीगुराँस क्लबले उक्त खेल मैदान निर्माण गरेको हो । उक्त खेल मैदानको हालै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद पम्फा भुसालले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा उहाँले खेलकूदको विकास देश विकासको आधार भएकाले उक्त..

केसी र गुरुङले अन्तर्राष्ट्रिय खेल खेलाउन पाउने

काठमाडौँ, १ असोज (रासस) : भलिबल खेलका राष्ट्रिय रेफ्रीद्वय विजय केसी र विकास गुरुङले अन्तर्राष्ट्रिय खेल खेलाउन पाउने भएका छन् । एशियन अन्तर्राष्ट्रिय रेफ्रीको परीक्षा उत्तीर्ण गरेसँगै केसी र गुरुङले एशियाली महादेशमा हुने अन्तर्राट्रिय भलिबल प्रतियोगिता खेलाउन पाउने नेपाल भलिबल सङ्घले जनाएको छ । एशियन भलिबल महासङ्घको आयोजनामा भदौ २०..

नेपाल २५ रनले विजयी

काठमाडौँ, ३१ भदौ (रासस) : भारतको लखनउमा भइरहेको उन्नाइस वर्षमुनिको एकदिवसीय क्रिकेट शृङ्खलामा नेपाल विजयी भएको छ । आज भएको खेलमा नेपालले अफगानिस्तानलाई २५ रनले हराउँदै प्रतियोगितामा पहिलो जित निकालेको हो । लखनउस्थित एकना अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशलामा भएको खेलमा नेपालले निर्धारित ५० ओभरको खेलमा सवै विकेट गुमाउँदै १८९ रन बनायो । एक..

शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेतालाई ५० लाख

काठमाडौँ, ३१ भदौ (रासस) : चार वर्षपछि हुन लागेकोे शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको विजेता टोलीले रु ५० लाख पाउने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा विजेता टोलीलाई रु ५० लाख दिने निर्णय भएको एन्फाका महासचिव इन्द्र्रमान तुलाधरले जानकारी दिनुभयो । प्रतियोगितामा उपविजेता हुने टोलीले रु..