खेलकुद

अर्जेन्टिना कोपा अमेरिकाको क्वार्टरफाईनलमा

कोपा अमेरिका फुटबलमा समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले बोलिभियालाई हराएसँगै क्वाटरफाइनलको समिकरण पूरा भएको छ। बुधवार बिहान वासिङटनमा भएको खेलमा बोलिभियालाई ३–० गोल अन्तरले पराजित गर्दै समूह डीको विजेता बन्दै समूह सीको उपविजेता भेनेजुएलालाई प्रतिद्वन्द्वी पाएको हो। खेलको १३ औ मिनेटमा लामेलाले गोल गर्दै अर्जेन्टिनालाई..

फ्रेन्डसिप क्लबले नगर स्तरीय तेक्वान्दो प्रतियोगीता गर्ने

श्री फ्रेन्डसिप युवा क्लब बुढानिलकण्ठको २५ औं  स्थापना दिवसको अवसरमा प्रथम नगर स्तरिय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । क्लबको प्राङ्गणमा हुने प्रतियोगितालाई बुढानिलकण्ठ नगरपालिकाको सहयोगमा सन्चालन गर्न लागिएको क्लबका अध्यक्ष सानुभाई लामाले आशाका किरणलाई जानजारी दिए । असार ३ र ४ गते हुने प्रतियोगिताको मिडिया पार्टनर आशाका किरण..

युरोकपमा इटालीको बिजयी सुरुवात

बेल्जियमलाई हराउँदै इटालीले युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ। गएराति भएको खेलमा बेल्जियमलाई २–० गोल अन्तरले पराजित गर्दै गत संस्करणको उपविजेता इटालीले विजयी सुरुवात गरेको हो। इटालीले खेलाको ३२ औँ मिनेटमा जीचेरिनीले गोल गर्दै सुरुवाती अग्रता दिलाए। पहिलो हाफमा १–० को अग्रता लिएको इटालीले दोस्रो हाफमा थप एक गोल गर्यो। यस्तै..

युरोकपमा स्पेनको बिजयी सुरुवात

स्पेन संग चेक रिपब्लिक १-० गोल अन्तरले पराजित भएको छ । जेरार्ड पिकेको गोलको मद्दतले स्पेनले जित निकलेको हो ।पहिलो हाफ बराबरीमा सकिएको थियो । जित संगै स्पेनले महत्वपूर्ण ३ अंक बटुलेको छ..

युरोकपमा जर्मनीको बिजयी सुरुवात

युक्रेनलाई पराजित गर्दै विश्व विजेता जर्मनीले युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ। युरोकप फुटबलमा विजयी सुरुवात गर्ने क्रममा विश्वविजेता जर्मनीले युक्रेनलाई २–० गोल अन्तरले पराजित गर्यो। समूह सी अन्तर्गतको आफ्नो पहिलो खेलमा युक्रेनलाई हराउँदा टोनी क्रुसको प्रदर्शन हेर्न लायक रह्यो।  जर्मनीले खेलको १९ औँ मिनेटमा मुस्ताफीको..

अतिरिक्त समयमा गोल फर्काउदै रुसले बेलायतलाई १-१ को बराबरीमा रोक्यो

बेलायत र रुसको खेल १-१ को बराबरीमा सक्किएको छ । एरिक डायरले ७३ मिनेटमा फ्रीकिक मार्फत सुन्दर गोल गरेर बेलायतलाई अग्रता दिलाएपनी रुसका कप्तानले अतिरिक्त समयमा हेडर गोल गरेर खेललाई बराबरी बनाए । बराबरी संगै दुबै टोलीले समान १-१ अंक बाडेका छन ।खेलमा बेलायतले धेरै अवसर खेर फालेको थियो । रुसले अन्तिम समयमा गोल गरेर खेललाई बराबरी गर्दै १ अंक..

युरोकपमा वेल्ससंग स्लोभाकिया २-१ ले पराजित

वेल्सले युरोकपमा बिजयी सुरुवात गरेको छ । स्टार खेलाडी ग्यारेथ बेलको सुन्दर गोलमार्फत स्लोभाकियामाथी अग्रता लिएको थियो । दोश्रो हाफमा मारेक ह्याम्सिकले गोल गर्दै स्लोभाकियालाई बराबरी गोल फर्काएका थिए । अत्यन्तै रोमान्चक खेलमा वेल्सको लागी रोब्सन कानुले ८१ औं  मिनटमा गरेको गोल निर्णायक साबित भयो । अन्तिम समयसम्म स्लोभाकियाले गोल..

युवा एकीकरणको दौड प्रतियोगिता सम्पन्न

जेठ २९,काठमाडौ । युवा एकिकरण क्लब कपनले आयोजना गरेको खुल्ला दौड प्रतियोगिता सम्पन्न भएको छ । कपनमा भएको प्रतियोगितामा पुरुष तर्फ ज्ञानेन्द्र बिक्रम साह प्रथम, मिङमार छिरिङ शेर्पा द्वितीय र देव बाहादुर दवाडी तृतीय भएका थिए भने महिला तर्फ लिला राई प्रथम बिनिता खतिवडा द्वितीय र दिप बि.क तृतिय भएका थिए । कार्यक्रममा बिजयी खेलाडिलाई नेपाल..

स्वीजरल्याण्डसंग अल्बेनिया १-० ले पराजित

युरोकपको आजको खेलमा स्विजरल्याण्ड बिजयी भएको छ । अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा उसले अल्बेनियालाई १-० गोल अन्तरले पराजित गरेको हो । फ्रान्समा जारी प्रतियोगितामा पहिलो जित दर्ज गर्ने क्रममा स्विजरल्याण्डका लागी फाबियान स्कारले पाँचौ मिनटमा सुन्दर हेड गोल गरेका थिए । खेलमा बाकी समय गोल हुन सकेन । जित संगै स्वीजरल्याण्डले ३ अंक..

युरोकपमा फ्रान्सको बिजयी सुरुवात

आयोजक राष्ट्र फ्रान्सले युरोकप फुटबल २०१६ मा विजयी सुरुवात गरेको छ। शनिबार बिहान भएको उद्घाटन खेलमा रोमानियालाई २–१ गोल अन्तरले पराजित गर्दै आयोजक राष्ट्र फ्रान्सले विजयी सुरुवात गरेको हो।  पहिलो हाफ गोलररहित बराबरीमा सकिएको थियो। फ्रान्सले खेलको ५७ औं मिनेटमा ओलिभर जिराउडको गोलबाट अग्रता लिएको थियो। तर खेलको ६५ औँ मिनेटमा..