Saturday 25th November 2017

दलाई लामाले भ्रमको खेती गरेको दाबी

काठमाडौँ, ७ मंसिर । धर्मोदय सभाले भारतमा निर्वासन जीवन बिताइरहेका धर्मगुरु दलाई लामालाई भ्रम र झुटको खेती नगर्न आग्रह गरेको छ । आज एक विज्ञप्ति जारी गरी सभाले लामा जस्ता धार्मिक व्यक्तित्वले गौतमबुद्ध भारतमा जन्मिएका हुन् भन्ने अभिव्यक्ति दिनु आपत्तिजनक भएको जनाएको हो । संयुक्त राष्ट्र संघसमेतले बुद्ध नेपालमा जन्मिएका भनी यथार्थ..

मटकोर विधि सम्पन्न

 मिथिलाञ्चलको सप्ताहव्यापी विवाहपञ्चमी उत्सवअन्तर्गत मंगलबार राति महोत्तरीको मटिहानी नगरपालिकामा भगवान रामचन्द्र र माता सीताको मटकोर विधि सम्पन्न भएको छ । रामजानकी विवाह महोत्सवको अवसरमा महोत्तरीको मटिहानीमा रहेको प्रसिद्ध लक्ष्मीनारायण मठमा मटकोर विधि सम्पन्न भएको लक्ष्मी नारायण मठ मटिहानीका मूलमहन्थ जगन्नाथ दास वैष्णवले..

विवाह महोत्सवको रौनक

जनकपुरधाम, ६ मंसिर (रासस) : मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भोलि हुने भगवान् सीता–राम विवाह महोत्सवको रौनक बढेको छ । जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासले यो पर्वलाई विशेष महोत्सवका रूपमा मनाउँदै आएका छन् । यो महोत्सवमा नेपाल, भारतलगायत अन्य राष्ट्रका धार्मिक पर्यटक सहभागी हुँदै आएका छन् । एक साताअघिदेखि नै..

मनाइयो बालाचतुर्दशी

काठमाडौँ, १ मंसिर (रासस) : पशुपति क्षेत्रलगायत देशभरका शिव मन्दिरमा आज शतबीज छरी बालाचतुर्दशी पर्व मनाइयो । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशी अर्थात् आजैका दिन पितृको मोेक्षको कामना गर्दै बालाचतुर्दशी पर्व मनाउने गरिन्छ । देशका विभिन्न स्थानबाट आएका श्रद्धालु भक्तजनको बिहीबारदेखि नै पशुपतिमा भीड लागेको थियो । आफ्नो..

चन्द्रविनायक तथा भैरवनाथ जात्रा शुरु

काठमाडौँ, १९ कात्तिक (रासस) : झण्डै साढे तीन सय वर्ष पुरानो चन्द्रविनायक तथा भैरवनाथ जात्रा शनिबारदेखि चाबहिलमा शुरु भएको छ । प्रत्येक वर्ष कात्तिक शुक्ल पूर्णिमादेखि मार्ग शीर्ष कृष्ण तृतीयासम्म चार दिन पशुपति, जयबागेश्वरी, मित्रपार्क, चाबहिल र चुच्चेपाटी क्षेत्रमा चन्द्रविनायक जात्रा मनाइन्छ । नेपाल संवत् ८०१ मा राजा भूपालेन्द्र..

आर्थिक संकटका कारण ओझेलमा ‘कात्तिक नाच’

ललितपुर, १५ कात्तिक (रासस) : परम्परागतदेखि सञ्चालन हुँदै आएको बहुचर्चित ‘कात्तिक नाच’ आर्थिक संकटका कारण ओझेलमा परेकाले सरोकारवालाबाट चिन्ता व्यक्त गरेका छन् । विश्वकै सबैभन्दा लामो नाट्य महोत्सवका रुपमा चिनिँदै आएको उक्त नाचलाई प्रत्येक वर्षको कात्तिक महिनामा देखाइने प्रचलन रहेको छ । मल्लकालीन राजा सिद्धिनरसिंह मल्लको पालादेखि..

‘जेठो नारायण’मा भक्तजनको भीड

क्तपुर, १४ कात्तिक (रासस) ः हरिबोधनी एकादशीका दिन आज चाँगुनारायण नगरपालिकास्थित चाँगुनारायण मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । जेठो नारायण चाँगुनारायणमा आज बिहान ४ बजेदेखि दर्शनार्थीको भीड लागेको मन्दिरका मूल पूजारी चक्रधरानन्द राजोपाध्यायले जानकारी दिनुभयो । आजका दिनमा चार नारायणको दर्शन गरेमा पुण्य प्राप्त हुने र चिताएको फल..

विश्वकै सबैभन्दा लामो नाट्य महोत्सव ‘कात्तिक नाच’

ललितपुर, १३ कात्तिक (रासस) : परम्परागतदेखि सञ्चालन हुँदै आएको ‘कात्तिक नाच’ विश्वकै सबैभन्दा लामो नाट्य महोत्सवका रुपमा चिनिदै आएको छ । मल्लकालीन राजा सिद्धिनरसिंह मल्लको पालादेखि सञ्चालित उक्त नाच देश र जनताको कल्याणार्थ सञ्चालन गरिएको जनविश्वास रहँदै आएको छ । नेपाल संवत् ७६१ तथा विसं १६९७ बाट कात्तिक नाचको प्रारम्भ भएको इतिहासमा..

बूढानीलकण्ठलाई विश्वसम्पदामा सूचीकृत गराउन माग

काठमाडौँ, १२ कात्तिक (रासस) : कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म बूढानीलकण्ठ नारायणस्थानमा लाग्ने मेलामा यहाँको महत्व बुझाउन श्रीमद्भागवत महापुराण शुरु गरिएको छ । हरिबोधिनी एकादशीदेखि पाँच दिनसम्म यहाँ विशेष मेला लाग्ने गरेको छ । हरि र हर दुवैको स्वरुप रहेको बूढानीलकण्ठको माहात्म्य सुनाउन आजदेखि आयोजना गरिएको भागवतको उद्घाटन..

महागुरु फाल्गुनन्दको जन्मजयन्ती भव्यताका साथ मनाइने

पाँचथर, कात्तिक १२, (रासस) : सोर्‍हौँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको १३३ औँ जन्मजयन्ती भव्यताका साथ मनाइने भएको छ । विश्व किरात महासंघको संयोजनमा चार संस्थाहरुले संयुक्त रुपमा सो जन्मजयन्ती मनाउन लागेका हुन् । महागुरु फाल्गुनन्दको कर्मभूमि तथा किरात समाज सुधारका लागि उहाँले सात बुँदे सत्यधर्म मुचुल्का घोषणा गर्नुभएको स्थल..

ताजा समाचार

Exchange Rate

Nepali Patro