मुख्य समाचार

स्तक्षेप गर्ने संयुक्त राष्ट्रसंघको अधिकार छैन – म्यान्मार सेना प्रमुख

याङ्गुन, ८ असोज (रासस ÷एएफपी) : म्यान्मारका सेना प्रमुख मिन आङ हाइङले संयुक्त राष्ट्रसङ्घलाई देशको सार्वभौमिकतामाथि हस्तक्षेप गर्ने कुनै अधिकार नभएको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घका अनुसन्धानकर्ताहरुले अल्पसङ्ख्यक रोहिङ्ग्या मुसलमान समुदायविरुद्ध जातीय सफाया गर्ने उद्देश्यले हत्याहिंसा गरेको म्यान्मारको सेनामाथि आरोप..

उपरथीद्वय भण्डारी र भट्टलाई दज्र्यानी चिन्ह

काठमाडौँ, ८ असोज (रासस) : प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले सहायकरथीबाट बढुवा हुनुभएका रघु भण्डारी र नरेशचन्द्र भट्टलाई आइतबार उपरथीको दज्र्यानी चिन्ह प्रदान गर्नुभएको छ । मन्त्रिपरिषद्को गत असोज ५ गतेको बैठकले उहाँहरुलाई उपरथी दर्जामा पदोन्नति गर्ने निर्णय गरेको थियो । उपरथी भण्डारीले सम्भाररथीे कार्यालय र उपरथी भट्टले..

भारतमा “मोदीकेयर” आरम्भ, विश्वकै सबैभन्दा ठूलो स्वास्थ्य बीमा कार्यक्रम

नयाँदिल्ली, ७ असोज (रासस/एएफपी) : भारतमा विश्वकै सबैभन्दा ठूलो मानिएको स्वास्थ्य बीमा कार्यक्रम आइतबार घोषणा गरिएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यो कार्यक्रमले ५० करोड गरिब मानिसलाई सेवा दिने बताउनुभएको छ । “मोदीकेयर” उपाधि दिइएको यो कार्यक्रमले गम्भीर बिरामी भएर उपचार गराउनुपर्ने हरेक गरिब परिवारलाई भारु ५ लाख (करिब ६ हजार..

भूल्नै नसकिने त्यो दुःखद क्षण

–सिबी अधिकारी काठमाडौँ, ७ असोज (रासस) : विसं २०६३ असोज ७ गते मुलुकका लागि निकै दुःखद क्षण बन्यो । राष्ट्रको होनहार बहुआयामिक व्यक्तित्व वरिष्ठ भूगर्भविद्, संरक्षणविद् तथा योजनाकार डा हर्क गुरुङको भौतिक शरीर भूगोलमै विलिन हुनपुग्यो । यो केवल एउटा व्यक्तिको मृत्यु मात्र थिएन राष्ट्रको अमूल्य गहना हरण भएको क्षण थियो । ताप्लेजुङ्को..

राफेल विमानको खरिद रोकिँदैन– जेट्ली

नयाँदिल्ली, ७ असोज (रासस/एएनआई) : भारतीय अर्थमन्त्री अरुण जेट्लीले फ्रान्सेली लडाकू विमान राफेलको खरिद सम्झौतामा कुनै पनि किसिमको घोटाला नभएको स्पष्ट गर्नुभएको छ । उहाँले राफेल विमानको मूल्य बढी वा कम भएको भन्ने बारेमा भारतीय महालेखा परीक्षकले जाँच गर्न सक्ने बताउनुभयो । उहाँले विपक्षीहरुले लगाएको आरोपमाथि सत्यता नभएकाले खरिद सम्झौता..

पोखरा उद्योग वाणिज्य सङ्घमा अधिकारी

कास्की, ७ असोज (रासस) : पोखरा उद्योग वाणिज्य सङ्घको ३२औँ अधिवेशनबाट दामु अधिकारी अध्यक्षमा निर्वाचित हुनुभएको छ । शनिबार अबेर घोषणा गरिएको मतपरिणामअनुसार अधिकारीले प्रतिस्पर्धी रवीन्द्रबहादुर प्रजुलाई सात मतको अन्तरले पराजित गरेर अध्यक्षमा विजयी हुनुभएको हो । आगामी दुई वर्षे कार्यकालको लागि सङ्घमा नेतृत्व लिन वाम र लोकतान्त्रिक दुई..

कार्यवाहक प्रधानमन्त्रीको जिम्मा उपप्रम पोखरेललाई

काठमाडौँ, ६ असोज (रासस) : राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई दिनुभएको छ । प्रधानमन्त्री ओलीको सिफारिशमा उपप्रधानमन्त्री पोखरेललाई राष्ट्रपति भण्डारीले कार्यवाहक प्रधानमन्त्रीको कार्यभार तोक्नुभएको हो । प्रधानमन्त्री ओली संयुक्त राष्ट्र सङ्घको..

तेस्रो लुम्बिनी फुटसल लिग सुरु

काठमाडौंकाे चाबहिल चुच्चेपाटीस्थित लुम्बिनी कलेजले आयोजना गरेको ‘तेस्रो लुम्बिनी फुटसल लिग २०७५’ सुरु भएको छ । शुक्रबार कलेज परिसरमा आयोजित कार्यक्रममा नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा गुरुङले लिगको उद्घाटन गरेका हुन् । शुक्रबार नै लुम्बिनी एकेडेमीले सञ्चालनमा ल्याएको ‘लुम्बिनी फुटबल एकेडेमी’को पनि उद्घाटन गरिएको छ ।..

‘अब गरीबी सहन सकिन्न’

काठमाडौँ, ६ असोज (रासस) : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले देशले अब गरीबी, निरक्षरता र बेरोजगारी सहन नसक्ने बताउनुभएको छ । शहीद अजबलाल स्मृति प्रतिष्ठानले यहाँ आयोजना गरेको ‘शहीदका सपना र सरकारको दायित्व’ विषयक अन्तक्र्रियामा उहाँले देश र जनताको पक्षमा बलिदान गर्ने शहीदको सपना साकार पार्न देशलाई समृद्धिको दिशामा अघि..

सरकारले लोकतान्त्रिक चरित्र छाड्न हुँदैन–प्रवक्ता शर्मा

नेपालगञ्ज, ६ असोज (रासस) : नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संविधानको सफल कार्यान्वयनका लागि सरकारले लोकतान्त्रिक पद्दति र चरित्र छाड्न नहुने बताउनुभएको छ । नेपाल प्रेस युनियन, बाँकेले आज यहाँ गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो,“संविधानको प्रयोगमा शासकले लोकतान्त्रिक चरित्र प्रदर्शन गर्न सकेनन् भने त्यो सफल हुदैन,..