Friday 27th April 2018

सौराहाको ‘केटो’लाई चीन पठाउने तयारी

रत्ननगर, चितवन, १३ वैशाख (रासस) : चितवन राष्ट्रिय निकुञ्जले रत्ननगरको सौराहामा पालनपोषण गरेर राखिएको गैँडाको बच्चा (केटो) लाई चीन पठाउने तयारीे गरेको छ । केटोको स्वास्थ्य अवस्था राम्रो भएकाले चीन पठाउन लागिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले चिनियाँ र नेपाली पशु चिकित्सकसहित वन्यजन्तु..

भूकम्प पुनःनिर्माण अनुदानः आवास निर्माण नगरे रु ५० हजार फिर्ता गर्नुपर्ने

—कालिका खड्का दोलखा, १३ वैशाख (रासस) : भूकम्पका कारण भत्किएका निजी आवास निर्माणका लागि सरकारी अनुदान लिएर आवास नबनाउनेले पहिलो किस्ता रु ५० हजार फिर्ता गर्न थालेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निजी आवास निर्माणका लागि दिइएको सरकारी अनुदानको सदुपयोग गरेर भवन निर्माण नगरे अन्य खालको सुविधासमेत कटौती गर्ने भएपछि निजी आवास..

एक महिनामा तीन दर्जन बलात्कृत

काठमाडौँ, १२ (रासस) : महिला पुनःस्थापना केन्द्र (ओरेक)ले देशभर बढ्दै गइरहेको बलात्कारका घटनाहरुले महिला तथा बालिकाको सुरक्षालाई चुनौतीपूर्ण बनाएको जनाएको छ । ओरेकले मासिकरुपमै अभिलेखीकरण गरी सार्वजनिक गर्ने क्रममा कार्यालयमा दर्ता भएका तथा दैनिक राष्ट्रिय पत्रपत्रिकामा प्रकाशित घटनाका आधारमा गएको चैत महिनामा मात्रै तीन दर्जन महिला..

रित्तिए गोठथरी

–रामबहादुर थापा बागलुङ, १२ वैशाख (रासस) : कुनै ताका किसानको जीविका धान्ने गोठथरी अहिले रित्तिएका छन् । पशुपालन र खेतीपातीले हराभरा हुने गाउँलेको मौसमी बासथलो अहिले उजाड देखिन्छन् । खरले छाएका गोठ जीर्ण छन्, बारी बाँझै पल्टिएको छ । महिनौँसम्म गोठथरी बस्ने किसान अहिले पाइलासम्म टेक्दैनन् । बरु प्रकृतिमा रमाउने पर्यटक भने गोठथरीसँग..

आर्थिक कारोबार विद्युतीय प्रणालीबाट

काठमाडौँ, १२ वैशाख (रासस) : सरकारका आर्थिक कारोबार आजदेखि विद्युतीय प्रणालीबाट प्रारम्भ भएको छ । सूचना प्रविधिको अत्यधिक प्रयोग गर्दै सबै सरकारी कार्यालयका कामकारबाही बिना कागजात सम्पादन गर्ने नीतिअनुरुप सो प्रणालीबाट आर्थिक कारोबार प्रारम्भ भएको हो । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले सो प्रणालीको..

नदीमा तर्ने क्रममा चिप्लिएर एक युवाको मृत्यु

बैतडी, १२ वैशाख (रासस) : चमेलिया नदीमा तर्ने क्रममा चिप्लिएर एक युवाको मृत्यु भएको छ । बैतडीको डिलासैनी गाउँपालिका–३ पंशेरा भन्ने ठाउँमा चमेलिया नदीमा तर्ने क्रममा चिप्लिएर सोही ठाउँका ३० वर्षीय धिरज बोहराको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शव परीक्षणका लागि स्थानीय स्वास्थ्य चौकीमा राखिएको छ..

चिनियाँ स्वयम्सेवक टोली सम्मानित

काठमाडौँ, १२ वैशाख (रासस) : गोरखा केन्द्रविन्दु भएर आजभन्दा ठीक तीन वर्षअघि (२०७२ वैशाख १२ गते) गएको भूकम्पपछिको उद्धार, राहत र उपचारमा संलग्न चिनियाँ स्वयम्सेवक टोलीलाई आज यहाँ सम्मान गरिएको छ । साइनो नेपाल मिडिया सोसाइटीद्वारा आज आयोजित समारोहमा सांसद एवम् नेकपा (एमाले)की नेत्री रामकुमारी झाक्रीले उहाँहरुलाई सम्मान गर्नुभयो । गोरखा..

प्रहरी वृत्त घेराउ

भक्तपुर, १२ वैशाख (रासस) : मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि ज्यान लिने नियतले गत शनिबार भएको सांघातिक आक्रमणका दोषीलाई पक्राउ गर्न माग गर्दै आज महानगरीय प्रहरी वृत थिमि घेराउ गरेका छन् । आज मध्यपुरथिमिका स्थानीय बासिन्दा, कर्मचारी, प्याब्सन जिल्ला शाखा भक्तपुर, विभिन्न संघ संस्थाको प्रतिनिधि सहभागी रहेको ¥याली..

ढाकाबाट आइपुगे यात्रुबाहक बस

काँकडभिट्टा, १२ वैशाख (रासस) : नेपाल, भारत, बंगलादेश र भुटानबीच चारदेशीय सीधा बस यातायात सेवा सञ्चालनका लागि बंगलादेशको राजधानी ढाकाबाट छुटेका दुई यात्रुबाहक बस आज नेपाल प्रवेश गरेको छ । बंगलादेशको श्यामोली परिवहनका दुईवटा बस आज मध्यान्ह काँकरभिट्टा नाकाबाट नेपाल प्रवेश गरेका हुन् । ढाकाबाट वैशाख १० गते छुटेका ती बस आजै बिहान..

विष्णुमति करिडोरमा पाँचसय मिटर सडक विस्तार

काठमाडौँ, १२ वैशाख (रासस) : नयाँ बसपार्कस्थित विष्णुमति करिडोरमा ५०० मिटर सडक विस्तार गरिएको छ । काठमाडौँ महानगरपालिका–२६ मित्रनगर विकास तथा सुधार समिति र ल्होत्से बहुउदेश्यीय प्रालिको संयुक्त पहलमा मित्रनगरदेखि बसपार्क पुलसम्मको करिडोर विस्तार गरिएको हो । उक्त बाटो विस्तारसँगै बालाजुदेखि बानियाँटारसम्म करिडोर हुँदै सवारी साधन..