Friday 26th May 2017
x5.jpg.pagespeed.ic_.UbpylpgyHX

म्यादी प्रहरीको छनोट प्रक्रिया तीव्र, कति छ तलब सुविधा ?

काठमाडौं,चैत २० – स्थानीय तहको निर्वाचनका लागि सरकारले खोलेको म्यादी प्रहरीको छनोट प्रक्रिया तीव्र रुपमा चलेको छ । चैत १८ गतेसम्म म्यादी प्रहरीका लागि संकलन गरिएको निवेदनको आधारमा छनोट प्रक्रिया सुरु भएको हो । छनोट भएकालाई २५ चैतदेखि ८ वैशाखसम्म तालिम दिएर निर्वाचनको सुरक्षामा खटाउने तयारी छ । म्यादी प्रहरीका लागि योग्य ठहरिएका..
Cobalt-60-11

वीर अस्पतालमा कमिसनकाे खेलः ६ करोड पर्ने मेसिन दोब्बरमा किन्ने तयारी

काठमाडौं– मुलुकको सबैभन्दा पुरानो र ठूलो सरकारी उपचार केन्द्र वीर अस्पतालका क्यान्सर बिरामी डेढ वर्षदेखि रेडियोथेरापी मेसिन किन्ने कमिसन चक्करमा उपचार वञ्चित भएका छन् । विशेषज्ञले क्यानाडाली कम्पनीको कोबाल्ट–६० मेसिन किन्न जोड दिइरहेका छन् भने न्याम्स उपकुलपति डा. गणेशमान गुरुङले भारतीय कम्पनी भावाट्रोनको मेसिन खरिद गर्न दबाब..

कर्णाली नदीमा पौडी खेल्दा दुई बेपत्ता

कालीकोट, १८ चैत । जिल्लाको लालिघा जिटे बजारस्थित कर्णाली नदीमा पौडी खेल्दा दुईजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा भट्ट गाविस–८ का १३ वर्षीय महेन्द्र धिताल र राम्नाकोट–२ का रत्नप्रसाद आचार्य छन् । प्रहरी चौकी हुल्मका प्रमुख कर्मवीर चौधरीकाअनुसार धितालले पौडी खेल्ने क्रममा थाकेर बचाऔं–बचाऔं भनिरहेकाले आचार्य बचाउन जाँदा दुवैजना..
gHODA1

भारतीय सेनाध्यक्षको उपहार ७ घोडा

काठमाडौं– नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष जनरल विपिन रावतले नेपाली सेनालाई ७ वटा घोडा उपहार दिएका छन् । प्रधान सेनापति राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणामा नेपाल आएका रावतले बुधबार जंगी अड्डामा उन्नत प्रजातीका सातवटा घोडा हस्तानान्तरण गरेका हुन् । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार स्टालिन लाईट ब्रेड प्रजातीको..
Capture

आरआरमा पेट्रोल बम प्रहार

काठमाडौँ, १५ चैत ,रत्नराज्य लक्ष्मी क्याम्पस भइरहेको स्वतन्त्र विधार्थी युनियनको निर्वाचनलाई अवरोध पुर्‍याउने उद्देश्यले केहि विद्यार्थीको एक समूहले त्यहाँ पेट्रोल बम प्रहार गरेको छ । प्रहरीका अनुसार निर्वाचनबाट असन्तुष्ट रहेका विद्यार्थीको समूहले दुईवटा सिसीमा पेट्रोल राखेर पड्काएका हुन् । सो आक्रमण कसले गरेको भन्नेबारेमा..
bird-flu_e0b59da2-07ed-11e7-814d-775bded0c5ff

‘कास्की र सुनसरीमा बर्डफ्लुः चितवनमा उच्च सतर्कता’

चितवन, १३ चैत । कास्की र सुनसरीमा कुखुरामा बर्डफ्लु देखापरेपछि देशको कुल उत्पादनको आधाभन्दा बढी कुखुराजन्य उत्पादन हुने चितवनमा उच्च सतर्कता अपनाइएको छ । यसका कारण अहिलेसम्म जिल्लामा बर्डफ्लु भित्रिन नपाएको सरकारी अधिकारीले बताएका छन् । जिल्ला पशुसेवा कार्यालय चितवनका प्रमुख डा डिल्लीराम सेढाईंका अनुसार जिल्ला भित्रिने र बाहिरिने..
17496078_1125300957616347_1730288682_n

स्थानीय निकाय निर्वाचनमा २६-४० बर्ष उमेरका युवाले टिकट पाउनु पर्छ : युवा नेता आचार्य

युवा संघ नेपालका सचिवालय सदस्य रमेश आचार्यले धादिङ काठमाडौं सम्पर्क मञ्चको आयोजनामा आज थानकोट स्थित त्रिभुवन पार्कमाभएको बृहत बनभोज कार्यक्रममा वक्ताको रुपमा बोल्दै अब हुने स्थानीय निर्वाचनमा धादिङको ११ अोटै गाउँपालीका र २ ओटा नगरपालिकामा मेयर, उपमेयर, प्रमुख , उपप्रमुख २६ देखि ४० बर्ष उमेर सम्मको युवाहरु हुन पर्ने बताउनु भयो । उहाले..
sena

नेपालमा भारत-पाकिस्तानको संयुक्त सैन्य अभ्यास

पाँचखाल (काभ्रे)- नेपालमा सोमबारबाट आयोजना हुने संयुक्त सैन्य अभ्यासमा भारत, पाकिस्तान र बंगलादेशका सेनाले संयुक्त सैन्य अभ्यास गर्ने भएका छन्। आन्तरिक तथा बाह्य युद्धको चपेटमा परेका देशमा संयुक्त राष्ट्र संघका तर्फबाट शान्तिका लागि खटिने २८ देशका सेनाले नेपालमा गर्ने संयुक्त सैन्य अभ्यासमा परस्परविरोधी र बारम्बार सीमामा युद्ध..
NEPALI-CALENDAR--220x162

२०७४ सालमा कुन महिनामा कति दिन सार्वजनिक विदा ? (सूचीसहित)

काठमाडौं, चैत १—नेपाल एकीकरणका अगुवा पृथ्वीनारायण शाहको जन्मजयन्ती पुस २७ गते सार्वजनिक विदा दिने प्रस्ताव नल्याएपछि ०७४ सालमा दिइने सार्वजनिक पर्व एवं सट्टा विदा र कार्यालय समय निर्धारण गर्ने सम्बन्धी प्रस्ताव अस्वीकृत भएको छ। गृहमन्त्रालयको सो प्रस्ताव परिमार्जन गरी पुस २७ गते पृथ्वी जयन्तीका दिन सार्वजनिक विदा दिने गरी प्रस्ताव..
Photo via : Internet

पशुपति र स्वयम्भूका ९७ प्रतिशत बाँदरमा क्यान्सर र एड्स : मानिसमा सर्ने खतरा

काठमाडौं,फागुन ३० – पशुपति र स्वयम्भू मन्दिर वरपर बस्ने ९७ प्रतिशत बाँदरमा क्यान्सर र एचआइभी-एड्सको संक्रमण भएको पाइएको छ । केही समयअघि अमेरिकाको वासिङ्टन विश्वविद्यालयले पशुपति र स्वयम्भूका ३९ बाँदरमा गरेको अनुसन्धानले देखाएको छ । -३९ मध्ये ३७ बाँदरमा क्यान्सर र एचआइभी-एड्सको संक्रमण देखिएको थियो । विश्वविद्यालयले पहिलो समूहमा १२,..

ताजा समाचार

Exchange Rate

Nepali Patro