Sunday 18th February 2018

धनेश्वर क्षेत्रको विकासमा लाग्न राज्यमन्त्री थरुनीको आग्रह

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुमित्रा धनेश्वर मन्दिर परिसरलाई व्यवस्थित र विकासमा सबै मिलेर लाग्नु पर्नेमा जोड दिनुभएको छ । महाशिवरात्रिको अवसरमा आज धनेश्वर क्षेत्र विकास कोषको कार्यालय उद्घाटन कार्यक्रममा उहाँले सरकारका तर्फबाट धनेश्वरको विकासका लागि विनियोजन गरिएको रु दुई करोड ५१ लाख रकम तत्काल कार्यान्वयन..

नेपाल–बेलायतबीच पारस्परिक हितका विषयमा विचारविमर्श

प्रधानमन्त्री शेरबहादुर देउवा र संयुक्त अधिराज्यका सशस्त्र बलसम्बन्धी राज्यमन्त्री मार्क ल्याङ्काष्टरबीच दुई शताब्दी पुरानो नेपाल–बेलायत कूटनीतिक सम्बन्धका साथै पारस्परिक हित र साझा चासोका विविध विषयमा विचारविमर्श भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरुबीच शिष्टाचार भेट भएको हो । प्रधानमन्त्री देउवाले हाल परराष्ट्र..

सडक खन्न अवरोध गर्नेलाई सार्वजनिक अपराध मुद्दा

धादिङबेंसी–तिप्लिङ सडकअन्तर्गत खनियाबास–२ मा सडक खन्न अवरोध गर्नेहरुलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक अपराधअन्तर्गत मुद्दा दर्ता गरेको छ । सोमबार सडक खन्ने क्रममा सो क्षेत्रमा गाउँबासी र सुरक्षाकर्मीबीच सामान्य झडप भएपछि सडक खन्न अवरोध गर्दा विकासको काममा अवरोध गर्न नदिइने जनाउँदै प्रहरीले पाँच जनालाई झर्लाङबाट पक्राउ गरेको..

गणतन्त्र स्मारक निर्माण सम्पन्न, फागुनभित्रै हस्तान्तरण गरिने

गणतन्त्र स्मारक निर्माणको काम सम्पन्न भएको छ । विसं २०६५ जेठ १५ गते गणतन्त्र स्थापना भएपछि सरकारी पहलमा नारायणहिटी दरबार परिसरमा निर्माण थालिएको स्मारकको काम सकिएको हो । सरकारले विसं २०६९ मंसिरमा बिकोई स्काई बंगलामुखी ज्वाइन्ट इन्भेन्चरसँग सम्झौता गरी तीन वर्षभित्र निर्माण गर्ने भने पनि निर्माणमा केही ढिलाइ भएको थियो । कम्पनीका..

नेपालीको खानामा प्रोटिनको अभाव

नेपालीहरुले खाने खानामा प्रोटिनको अभाव रहेको यहाँ आयोजित एक कार्यशालाका वक्ताले बताएका छन् । नेपाल पोल्ट्री महासंघ, कृषि तथा वनविज्ञान विश्वविद्यालय, नेपाल भेटेरिनरी एशोसिएसन तथा अमेरिकी सोयाबिन एक्सपोर्ट काउन्सिलले संयुक्तरूपमा आयोजना गरेको ‘सबैका लागि प्रोटिन’ विषयक कार्यशाला गोष्ठीमा सहभागी विज्ञले नेपाली खानामा प्रोटिनको..

नगरका सडक विस्तार गरिँदै

जैमिनी नगरपालिकाभित्रका सडक विस्तार गर्ने कार्य शुरु भएको छ । नगरका सबै वडासम्म जोडिएका मुख्य सडकलाई सात मिटर चौडा गर्न लागिएको हो । सडक विस्तारसँगै नाली, पर्खाललगायत पूर्वाधार निर्माण भइरहेको छ । अव्यस्थित सडकले दुर्घटनाको जोखिम बढाएका कारण सडकको स्तर वृद्धि योजना नगरपालिकाले अघि बढाएको छ । चालु आवमा रु एक करोडभन्दा बढी बजेट सडकका..

डोलेश्वर, आशापुरी र कैलाशनाथमा भक्तजन

महाशिवरात्रि पर्वका अवसरमा आज यहाँका प्रसिद्ध शिवालयमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । सूर्यविनायक नगरपालिकास्थित केदारनाथको शिर भाग मानिने डोलेश्वर महादेव मन्दिरका चारै ढोका त्यहाँको डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिले आज बिहान ४ बजेदेखि राति १२ बजेसम्म खुला राखेको छ । लाम बसेको एक घण्टामै सहज रुपमा दर्शन गर्न..

शिवालयमा दर्शनार्थीको भीड

महाशिवरात्रिका अवसरमा आज पोखरा र आसपासका शिवालयमा दर्शनार्थीको भीड लागेको छ । बिहानैदेखि पोखरा र आसपासका छोरेपाटनस्थित गुप्तेश्वर महादेव मन्दिर, विन्ध्यवासिनी परिसरस्थित शिवालय, भलामस्थित हरिहर महादेव मन्दिर, भरतपोखरी सिलिङ्गेस्थित सिद्देश्वर महादेव मन्दिर, मासबारस्थित पुस्करेश्वर महादेव मन्दिरलगायतका शिवालयमा दर्शनार्थीको..

जनयुद्ध दिवसका अवसरमा शुभकामना

तेइसौँैँ जनयुद्ध दिवसका अवसरमा नेकपा (माओवादी केन्द्र) कास्कीले आज यहाँ शुभकामना आदानप्रदान एवं चियापान आयोजना गरेको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नं ८ शिवालय चोकस्थित जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रममा वाम गठबन्धनका नेतासहित अन्य राजनीतिक दलका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको उक्त दलका पोखरा लेखनाथ..

एनसेलको टावरमा बम विस्फोट

पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं ६, बछ्यौलीमा रहेको एनसेलको टावर र उपकरणमा गएराति अज्ञात समूहले कुकर बम विस्फोट गराएको छ । रत्ननगर इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाका अनुसार राति करिब १२ बजेको समयमा बम विस्फोट भएको थियो । विस्फोटनबाट एनसेलको उपकरणमा क्षति पुगेपनि टावरमा भने केही नभएको उहाँले..

ताजा समाचार

Exchange Rate

Nepali Patro