Friday 27th April 2018

भूकम्पपछिको पुनःनिर्माणमा सुस्तता : आवश्यकता ७.०६ खर्ब, खर्च १.२ खर्ब

– भीष्मराज ओझा÷हरि लामिछाने काठमाडौँ, ११ वैशाख (रासस) : भूकम्पपछिको पुनःनिर्माणका लागि कूल रकम रु सात खर्ब छ अर्ब आवश्यक पर्ने भनिए पनि हालसम्म करीब रु एक खर्ब २० अर्ब मात्र खर्च भएको छ । पटकपटकको सरकार परिवर्तन, तीन तहको निर्वाचन तथा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी प्रमुखको फेरबदलका कारण पुनःनिर्माणका कार्यमा सुस्तता आएर..

विकास आयोजनाबाट रोजगारी

बेनी, म्याग्दी, ११ वैशाख (रासस) : जिल्लामा निर्माण हुँदै गरेका विभिन्न विकासे आयोजनाबाट पाँच हजारभन्दा बढी व्यक्तिले रोजगारी पाएका छन् । भवन निर्माण, नदी नियन्त्रण, जलविद्युत्, सडक र विभिन्न उद्योगमा उनीहरुले रोजगारी पाएको निर्माण व्यवसायी संघका जिल्ला अध्यक्ष नारायण जिसीले बताउनुभयो । कालीगण्डकी करिडोर अन्तर्गतको बेनी—जोमसोम सडक..

भूकम्पः मृतक र घाइते परिवारको जीवनयापन कठिन

–गोकर्णप्रसाद भण्डारी चरीकोट, ११ वैशाख (रासस) : भूकम्पमा मृत्यु भएका र गम्भीर घाइतेको परिवारको जीवनयापनमा निकै कठिनाइ भएको छ । गोरखा भूकम्पमा परी दोलखामा करीब दुई सय जनाको मृत्यु भएको थियो भने एक हजार ५०० गम्भीर घाइते भएका थिए । वैशाख १२ गतेको भूकम्पले बिगु गाउँपालिका–९ चिलंखाभ¥याङ टोलका ३५ भन्दा बढीको आफ्ना अन्नपातलगायत लत्ताकपडा..

सिन्धुपाल्चोकमा आवास पुनःनिर्माण तीव्र

–आदित्य दाहाल मेलम्ची, ११ वैशाख (रासस) : गोरखा भूकम्प गएको तीन वर्षमा सिन्धुपाल्चोक जिल्लाले आवास पुनःनिर्माणमा गति लिएको छ । जिल्लामा ८३ हजार ६६३ भूकम्पपीडित लाभग्राहीमध्ये ७८ हजार ५३५ले आवास निर्माणका लागि अनुदान सम्झौता गरेका थिए । सम्झौता गरेका मध्येबाट ६२ हजार १५१ ले आवास निर्माणको पहिलो चरणमा डिपीसी गरिसकेका छन् भने १४ हजार ७७३..

न्याय सम्पादन गर्न थप दुई हजार कर्मचारी आवश्यक

काठमाडौँ, ११ वैशाख (रासस) : न्यायालयमा न्याय सम्पादनका लागि करिव थप दुई हजार जनशक्ति आवश्यक महशुस गरिएको छ । अहिलेको जनशक्तिले न्याय सम्पादनमा कठिनाइ भइरहेकाले थप दुई हजार ७८ कर्मचारी आवश्यक भएको सर्वोच्च अदालतका प्रवक्ता नारायण पन्थीले जानकारी दिनुभयोे । उहाँका अनुसार सर्वोच्चसहित सात उच्च अदालत र ७७ जिल्ला अदालतमा न्याय सम्पादन..

निर्माण नहुँदै भत्कियो नाला

लहान, ११ वैशाख (रासस) : सिरहा नगरपालिका–११ स्थित भलुवाहीमा निर्माणाधीन नाला निर्माण सम्पन्न नहुँदै भत्किएको छ । कमसल निर्माण सामग्रीको प्रयोग गरी गुणस्तरहीन काम गरेका कारण निर्माण सम्पन्न नहुँदै उक्त नाला भत्किएको स्थानीयवासीले बताएका छन् । ठेकेदार कम्पनीले नाला निर्माणमा कमला नदीको बालुवा प्रयोग गर्न खोज्दा स्थानीयवासीले अवरोध..

सम्मेलन समितिको सभापतिमा नेपाल निर्वाचित

काठमाडौँ, ११ वैशाख (रासस) : संयुक्त राष्ट्रसंघीय महासभाअन्तर्गतको सम्मेलन समितिको अध्यक्षमा नेपाल निर्वाचित भएको छ । राष्ट्रसंघमा सोमबार भएको ध्वनिमतका आधारमा नेपाल यो वर्ष अर्थात् सन् २०१८ का लागि निर्वाचित भएको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि स्थायी नेपाली नियोगले जनाएको छ । यसअघि एशिया प्रसान्त क्षेत्रका छ वटा..

वषौँँदेखि गाडी थन्किए

गौशाला, ११ वैशाख (रासस) : महोत्तरीको जलेश्वर नगरपालिकास्थित भूमिगत जलस्रोत विकास समिति शाखा कार्यालयमा वर्षौंदेखि गाडी थन्किएका छन् । महोत्तरी, धनुषा, सर्लाही र सिन्धुलीको संयुक्त उक्त कार्यालयको परिसरमा ती गाडी थन्किएका हुन् । सो कार्यालय परिसरभित्र करीब चार बिगाहा क्षेत्रफलमा तीनवटा रिङ मेशिन, एउटा पानी ट्याङ्कर, तीनवटा जिप, तीनवटा..

कोलकातामा नेपाली नृत्य

काठमाडौँ, ११ वैशाख । दिलीप थापा डान्स सेण्टर र रवीनदास हेयर ब्युटी एकेडेमी हाउडा, कोलकाताले बाह्रौँ प्रतिभा प्रदर्शन प्रतियोगिता २०१८ आयोजना गरेका छन् । सेन्टर नेपाली मूलका दिलीप थापाले पन्ध्र वर्षअघिदेखि सञ्चालन गर्नुभएको हो । प्रतियोगितामा ८० नेपाली र भारतीय शिक्षार्थीले गणेश वन्दना, नेपाली, बङ्गाली र डान्डिया (गुजराती), हिपहप र..

राष्ट्रिय योजना आयोग उपाध्यक्षमा डा कँडेल

काठमाडौँ, ११ वैशाख (रासस) : सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा डा पुष्प कँडेललाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले आयोग सदस्यमा भने डा कृष्णप्रसाद ओली, प्रा उषा ठाकुर, दिलबहादुर गुरुङ, इ सुशील भट्ट, मीनबहादुर शाही र रामकुमार फुयाँललाई नियुक्त गरेको सूचना तथा सञ्चार राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारलाई..