समाचार

भारतीयको मृत्यु

हुम्ला, ४ असार (रासस) : कैलाश मानसरोवर तीर्थयात्रा गरी फर्किने क्रममा आज एक भारतीयको मृत्यु भएको छ । भारत मध्यप्रदेशका ४५ वर्षीय महादेश्वर स्वामी रामानन्द पुरीको मृत्यु भएको प्रहरी नायव उपरीक्षक रविन श्रेष्ठले जानकारी दिनुभयो । लेक लागेर बेहोस भएपछि उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा उहाँको बाटोमै मृत्यु भएको हो..

राजश्व र व्ययको वार्षिक अनुमान विषयक छलफल

पोखरा, ४ असार (रासस) : प्रदेश नं ४ को प्रदेशसभा बैठकमा असार १ गते आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रस्तुत गर्नुभएको आव २०७५÷७६ को राजश्व र व्ययको वार्षिक अनुमानका सम्बन्धमा आइतबारदेखि शुरु भएको छलफलमा आज पनि सदस्यहरूले आ–आफ्ना धारणा राखेका छन् । आजको छलफलमा भाग लिँदै सदस्यहरूले बजेटले संघीयताको संस्थागत विकाससँगै धेरै विषय..

सहकारीको जिम्मा स्थानीय तहलाई

दुनै, डोल्पा, ४ असार (रासस) : जिल्लाका सम्पूर्ण सहकारी संस्थाको जिम्मा तथा अभिलेख स्थानीय तहलाई दिइएको छ । डिभिजन सहकारी संस्था जुम्लाको आयोजनामा आज सदरमुकाम दुनैमा गरिएको स्थानीय तह पदाधिकारी तथा अधिकृतका लागि अभिमुखीकरण एवं अभिलेख हस्तान्तरण कार्यक्रममार्फत जिल्लाका ५३ सहकारी संस्थाको अभिलेख स्थानीय तहलाई बुझाइएको हो । जिल्लाका..

मोटो रकम असुल्नेलाई कारवाहीको तयारी

काठमाडौँ, ४ असार (रासस) : सरकारले पदयात्रामा गएका पर्यटक बिरामी भएको बहानामा उद्धार गरी मोटो रकम असुल्ने संस्था वा निकायमाथि छानविन शुरु गरेको छ । नक्कली बिरामी बनाई पर्यटकको उद्धार गरेको विषयमा व्यापक गुनासो आएपछि सरकारले छानविन शुरु गरेको हो । सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको..

प्रहरी युनिटमा सिसिटिभी क्यामेरा जडान

भीमदत्तनगर, ४ जेठ (रासस) : कञ्चनपुर प्रहरीले जिल्ला प्रहरी कार्यालय भीमदत्तनगरसहित पाँचवटा इलाका प्रहरी कार्यालयमा सिसिटिभी क्यामेरा जडान गरेको छ । प्रहरीको केन्द्रीय कार्यलयको नीति अनुसार जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालयहरु दोधारा– चाँदनी, झलारी, बेल्डाँडी, बेलौरी र त्रिभुवनबस्तीमा सिसिटिभी क्यामेरा जडान गरिएको प्रहरी..

प्रदेश नं ५ मा बैठक स्थगन

बुटवल, ४ असार (रासस) : प्रदेश नं ५ मा प्रदेशसभाको बैठक आज स्थगन भएको छ । प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले विशेष कारण जनाउँदै बैठक स्थगन भएको सूचना टाँस गरेर जानकारी दिनुभएको छ । यसअघि २० मिनेटका लागि प्रदेशसभाको बैठक स्थगन भएको थियो । प्रदेश नं ५ मा प्रतिपक्ष नेपाली काँग्रेसले बजेटमा असहमति जनाउँदै प्रदेशसभाको बैठकमा उभिएर विरोध..

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य रोकियो

लुम्बिनी, ४ असार (रासस) : अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण नगरिएको भन्दै स्थानीयवासी आन्दोलित भएका छन् । स्थानीयवासी आन्दोलनमा उत्रिएपछि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य रोकिएको छ । विमानस्थल निर्माणका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण नगरेको भन्दै स्थानीय जग्गाधनीले विमानस्थलको निर्माण कार्य..

टेलिभिजनलाई चाँडै सार्वजनिक प्रसारण संस्थामा रुपान्तरण गरिने

काठमाडौँ, ४ असार (रासस) : नेपाल टेलिभिजनका नवनियुक्त कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले संस्थालाई चाँडै सार्वजनिक प्रसारण संस्था (पिएसबी) मा रुपान्तरण गरिने बताउनुभएको छ । सिंहदरबारस्थित कार्यालयमा आज पदबहालीपछि आयोजित स्वागत कार्यक्रममा अध्यक्ष डा विष्टले विगतमा आफू पिएसबीको मागकर्ताका रुपमा रहेको र अहिले कार्यान्वयन गर्ने..

नेपाललाई ‘वेष्ट बोथ अप्रेसनल’ अवार्ड

काठमाडौँ, ४ असार (रासस) : तेत्तीसौ कोरिया वल्र्ड ट्राभल फेयरमा नेपाललले वेष्ट बोथ अप्रेसनल अवार्ड जितेको छ  दक्षिण कोरियाको राजधानी सिओलस्थित कोइक्स सम्मेलन तथा प्रदर्शनी केन्द्रमा यही जेठ ३१ गतेदेखि असार ३ गतेसम्म आयोजना भएको मेलामा उत्कृष्ट पेभिलेन्स प्रदर्शनीबापत उक्त अवार्ड पाएको नेपाल पर्यटन बोर्डले आज एक विज्ञप्ति मार्फत जनाएको..

प्रदेशसभा बैठक स्थगित

बुटवल, ४ असार (रासस) : प्रदेश नं ५ मा आज प्रतिपक्ष नेपाली काँग्रेसको विरोधका कारण प्रदेशसभाको बैठक केही समयका लागि स्थगन भएको छ । प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले अवरोध सिर्जना भएको कारण दर्शाउँदै २० मिनेटका लागि प्रदेशसभाको बैठक स्थगन भएको घोषणा गर्नुभयो । प्रदेशसभा शुरु भएलगत्तै काँग्रेसका डिल्लीबहादुर चौधरीले बजेट..