Friday 18th August 2017
goli hanan

सुनसरीमा प्रहरी र अपराधिक गिरोहबीच गोली हानाहान, तीन घाइते

इटहरी- सुनसरीको इटहरी वडा नं. १४ खनारमा सोमबार दिउँसो प्रहरी र आपराधिक गिरोहमा संलग्न व्यक्तिबीच गोली हानाहान भएको छ। सुनसरी–मोरङ सिचाई आयोजनाको नहरको बाटोमा प्रहरीको गोली लागेर आपराधिक गिरोहमा संलग्न तीन जना घाइते भएका छन्। प्रहरीको गोली लागेर मोरङ नोचा वडा नं. ३ का २७ बर्षीय सतन पासवान, टंकिसिनुवारीका २९ बर्षीय श्रवण सरदार र इटहरी वडा..
plating

सरकारी जग्गा कब्जा गरेर कांग्रेस नेताले गरे प्लटिङ

धरान- विगतमा रेशम खेतीको लागि छुट्याइएको साविक पाँचकन्या ५, आँपटार चौरी(हाल धरान २२) को सरकारी जग्गा भुमाफिया र स्थानीय नेताको मिलेमतोमा प्लटिङ र किनबेच भइरहेको छ। स्थानीय निकाय लामो समयसम्म जनप्रनिधि विहिन भएपछि संरक्षणमा सरोकारवाला निकायको ध्यान नपुग्दा सरकारी ऐलनी, पर्ती जग्गा अतिक्रमणको चपेटामा परेको हो। विगतमा गाविसले रेशम..
20150316bp-highway-comes-as-a-boon-for-sindhuli-folks

बिपी राजमार्गले फेरियो जीवनशैली

सिन्धुली, १७ माघ । नागबेली शैलीमा एसियाकै नमुनाका रुपमा निर्माण भएको बिपी राजमार्ग नयाँ प्रविधि र नयाँ शैली प्रयोग भएको छ । बाहिरबाट हेर्न आउने तथा बाटोमा सवारी साधन चलाउने चालक जोसुकै हुन् बाटोको नमुना र सुन्दरता मन नपराउने सायदै नहोलान् । तराईको समथर भूभागदेखि सुरु भएर चुरेपहाड, महाभारतलाई नै छिचोलेर राजधानीसँग जोड्ने नेपालको..
गोरखाको आँपपीपलमा असल छिमेकी नेपाल पोखराले पुनःनिर्माण गरिदिएको स्वास्थ्यचौकी भवन । संस्थाले भवनका साथै बिरामी उपचारका लागि आवश्यक सामग्री र औषधि पनि सहयोग गरेको छ । तस्बिर ः प्रशन्न पोखरेल, गोरखा, रासस

पाँच स्वास्थ्य चौकी भवन पुनःनिर्माण

आँपपीपल (गोरखा), १७ माघ । भूकम्पले भत्काएको गोरखाका ५२ मध्ये पाँचवटा स्वास्थ्य चौकी भवन पोखरास्थित असल छिमेकी नेपालले पुनःनिर्माण गरिदिएको छ । आँपपीपल, घैरुङ, घ्याल्चोक, भुम्लिचोक र श्रीनाथकोट गाविसका स्वास्थ्य चौकी भवन पुनःनिर्माण गरिसकेको असल छिमेकीका कार्यक्रम संयोजक विजयकुमार श्रेष्ठले जानकारी दिनुभयो । भूकम्प प्रतिरोधी..
File photo.

आगलागी हुँदा रु दुई लाख बराबरको क्षति

रामपुर(पाल्पा), १६ माघ । पाल्पा बाकामलाङ गाविस– ४ लेखमलाङको एउटा घरमा आगलागी हुँदा करिब रु दुई लाख मूल्य बराबरको क्षति भएको छ । भीमबहादुर सोतीको घरमा शनिबार आगलागी हँुदा उक्त मूल्य बराबरको धनमाल जलेर नष्ट भएको हो । खरको छानो भएको घरमा आगलागी हुँदा घरमा रहेका अन्नपात, लत्ताकपडा, सोलार सेट जलेर पूर्णरुपमा नष्ट भएको स्थानीय चेतन पुलामीले..
कम खर्चिलो भू–संरक्षण प्रविधिको प्रयोग गरी स्थानीयरुपमा पाइने सामग्री बाँस, अम्रिसोलगायतको सहायताले पहिरो रोकथाम गर्दै बेनी नगरपालिका–५ थाकम पोखरीका बासिन्दा । तस्वीर ः धु्रबसागर शर्मा, बेनी(म्याग्दी), रासस

भू–संरक्षण प्रविधि तालिम

बेनी (म्याग्दी), १६ माघ । म्याग्दीको सदरमुकाम बेनीमा शनिबार कम खर्चिलो भू–संरक्षण प्रविधिसम्बन्धी तालिम सम्पन्न भएको छ । ‘माटो पानी जोगाऔँ, हरियाली बढाऔँ’ भन्ने मूल नारासहित जिल्ला भू–संरक्षण कार्यालय, म्याग्दीको आयोजनामा भूस्खलन हुने क्षेत्रमा कम खर्चिलो प्रविधि अपनाउन प्रोत्साहन गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो..
kustrogi

तनहुँमा सत्रजना कुष्ठरोगी

दमौली, १६ माघ । तनहुँ जिल्लाभित्र १७ जना कुष्ठरोगी रहेका छन् । ६४ आँै विश्व कुष्ठरोग दिवसका अवसरमा जिल्ला स्वास्थ्य कार्यालय तनहुँद्वारा आज दमौलीमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । जिल्ला जनस्वास्थ्य कार्यालयका क्षय तथा कुष्ठरोग प्राविधिक कृष्णप्रसाद सुवेदीका अनुसार तनहुँमा ११ जना पुराना र ६ जना नयाँ कुष्ठरोगी छन् ।..
nrn_lapkrak1

एनआरएनको लाप्राक पुनःनिर्माणमा सेनाले सघाउने

काठमाडौं—गैरआवासीय नेपाली संघले गोर्खाको दुर्गम हिमाली क्षेत्र लाप्राकमा थालेको ‘लाप्राक नमुना बस्ती’ निर्माणमा नेपाली सेनाले सहकार्य गर्ने भएको छ। गैरआवासीय नेपाली संघको आह्वानमा नेपाली सेनाले शनिवार नै क्याप्टेनको कमाण्डमा ३९ जना दक्ष जनशक्ति लाप्राक पठाएको छ। जसमा इन्जिनियर, ओभरसियर र दक्ष निर्माण जनशक्तिसमेत छन् । शनिवार..

भारतद्वारा महोत्तरीमा दशगजा मिचेर सडक निर्माण

महोत्तरी- भारतीय पक्षले महोत्तरीको सिमावर्ती नाका मटिहानीसंगै टाँसिएको मधवापुरमा दशगजा मिचेर पक्की सडक र नाला निर्माण गरेको छ। भारतीय पक्षले ७.३१ मिटर दशगजा भित्र पर्ने भुभाग मिचेर पक्की सडक र नाला निर्माण गरेको स्थानीयले बताएको छ। भारतीय पक्षले दशगजा मिचेर भौतिक संरचना निर्माण गर्न लागेको जानकारी पाए लगतै पुस २३ गते सशस्त्र प्रहरी..
neclesh

विशाल बजारको सुन पसलबाट ब्रासलेट चोर्ने पक्राउ

काठमाडौं— विशाल बजारको एक सुन पसलबाट ब्रासलेट चोरेर भागेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। बिशाल बजारस्थित शालिमार ज्वेलर्सबाट सुनको गहना चोरी फरार रहेकी कास्की पोखरा म्याग्दी चोक बस्ने ३५ बर्षीया ३५ बिमला पुनलाई प्रहरीले पक्राउ गरेको हो। माघ १२ गते ग्राहक बनी आएकी पुनले सवा १ तोलाको ब्रासलेट चोरी गरी फरार भएकी थिइन्। विहिबार सोही..

ताजा समाचार

Exchange Rate

Nepali Patro