• Friday 24th of July 2026

अख्तियार लगायत निकायमा नियुक्तिबारे छलफल गर्न प्रधानमन्त्री, प्रचण्ड र देउवाबीच छलफल


  • आशाका किरण

अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका संवैधानिक आयोगमा नियुक्तिको विषयमा प्रधानमन्त्रीसहित तीन शीर्ष नेताबीच बालुवाटारमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुटावारमा प्रधानमन्त्री केपी शर्मा ओली सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको हो ।

छलफलमा सहमति भएमा संवैधानिक परिषद्को बैठक बोलाएर नियुक्तिको तयारी छ । अख्तियारमा दुई आयुक्त पद रिक्त छन् । जसमा एक पद कांग्रेसले दाबी गरेको छ ।

नेकपाको कोटाबाट गृहसचिव प्रेम कुमार राई तथा अर्थसचिव राजन खनालको नाम चर्चामा छ । दुवै जना केही महिनापछि अवकाश पाउँदैछन् ।

त्यस्तै सत्यनिरुपण तथा मेलमिलाप आयोग, वेपत्ता आयोगलाई पूर्णता दिन र रिक्त रहेका अन्य संवैधानिक निकायका नियुक्तिका बारेमा समेत छलफल भएको बालुवाटार स्रोत बताउँछ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij