• Friday 9th of October 2026

उपत्यकामा सिलसिलाबद्ध चोरी र लुटपाटमा संलग्न अयन माझी समूह पक्राउ, १ जनालाई गोली हानेर नियन्त्रणमा


  • आशाका किरण

प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा सिलसिलाबद्ध रूपमा मोटरसाइकल चोरी, हातहतियार देखाई सुनका गरगहना खोस्ने तथा लुटपाट गर्ने गिरोहलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलन गर्दै सिलसिलाबद्ध रूपमा चोरी तथा लुटपाटमा संलग्न अयन माझी समुहलाई पक्राउ गरिएको जनाएको हो । उक्त समूहका मुख्य व्यक्ति सिन्धुली, मरिण गाउँपालिका घर भएका वर्ष २४ को अयन माझीलाई नियन्त्रणमा लिने क्रममा प्रहरी टोली माथि नै धारिलो हतियार प्रहारको प्रयास गरी भाग्न खोज्दा २ राउण्ड हवाई फायर तथा घुँडा मुनी १ राउण्ड गोली प्रहार गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

त्यस्तै लुटपाटमा संलग्न माझी समूहका अन्य व्यक्तिहरूलाई खोजतलास गर्ने क्रममा जिल्ला भक्तपुर ठिमी नगरपालिका ४ बाट घटनामा संलग्न थप २ जना व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलिप घिमिरेले जानकारी दिनुभयो । अयन माझीबिरुद्ध बिभिन्न प्रहरी कार्यालयमा डाँकाचोरी मुद्धामा २७ वटा मुद्धामा प्रतिवादी समेत देखिएको घिमिरेले बताउनुभयो । माझी समुहले आपराधिक गतिविधि घटाउने क्रममा प्रयोग गर्नका लागी काठमाडौंका विभिन्न स्थानहरूबाट १५ वटा भन्दा बढी मोटर साइकलहरू चोरी गरेको अनुसन्धानबाट खुल्न आएको घिमिरेले जानकारी दिनुभयो ।

माझी समुहका सक्रिय अपराधीहरूको स्वयम्भु, बौद्ध लगायतका स्थानमा भएको लुटपाट र सिक्री लुटपाटमा प्रत्यक्ष रुपमा संलग्न रहेको अनुसन्धानबाट देखिएका प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij