• Wednesday 18th of November 2026

‘नेपालले भारतको सीमा मिचेको’ भन्ने प्रधानमन्त्रीको भनाइप्रति ओलीको प्रश्न : कहिलेका लागि प्रमाण राख्न खोजेको ?


  • आशाका किरण

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मुलुक स्वेच्छाचारी शासनको अन्तर्गत आतंकको छायामुनि चलिरहेको बताउनुभएको छ ।

बुधबारबाट काठमाडौंमा सुरु एमालेको राष्ट्रिय भेला उद्घाटन गर्दै अध्यक्ष ओलीले देश भय र त्रासको वातावरणमुनि, असंवैधानिक, गैरकानुनी क्रियाकलापहरूको पेलाइमा, स्वेच्छाचारी शासनको अन्तर्गत चलिरहेको बताउनुभएको हो ।

उहाले सरकारले फाँसीवादतर्फ दमनकारी, प्रतिशोधी व्यवहार देखाएको भन्दै प्रतिरोधका लागि तयार नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिनुभयो ।

अध्यक्ष ओलीले सुरुदेखि नै वर्तमान सरकारले एमालेमाथि निर्मम हमला गरेकाले त्यसलाई निरन्तरता दिए त्यसको मूल्य महङ्गो पर्न सक्ने चेतावनी दिनुभयो । उहाले गत बर्ष भएका हिंसात्मक घटनालाई मान्यता दिनका लागि संवैधानिक बाटो निर्वाचनको मञ्चन पनि गरिएको टिप्पणी गर्नुभयो ।

ओलीले संघर्षको मैदानबाट लडेर आएको पार्टी एमाले भएकाले समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई पुरा गर्न आफ्नो पार्टी पुनः सरकारमा जाने दावी गर्नुभयो ।

उहाले प्रधानमन्त्री वालेन्द्र शाहले योजनाबद्ध ढंगले नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाउनुभयो । उक्त अभिव्यक्ति संसद्को रेकर्डबाटन हटाएर कहिलेका लागि प्रमाण राख्न खोजेको हो भन्दै प्रश्न गर्नुभयो ।

दुईदिनसम्म चल्ने एमालेको राष्ट्रिय भेलामा देशभरबाट ३४ सय १४ प्रतिनिधिहरु सहभागी भएका छन् ।

राष्ट्रिय राजनीतिलाई स्पष्ट दिशा निर्देश गर्न र स्थानीय तहको निर्वाचनको पूर्वतयारीका लागि भेला आयोजना गरिएको एमालेले जनाएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij