• Friday 9th of October 2026

विदेशबाट स्याउ आयात रोक्न सांसद ज्ञानेन्द्र शाहीको माग


  • आशाका किरण

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले विदेशबाट स्याउ आयात रोक्न सरकारसँग माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद शाहीले सरकारको ध्यानाकर्षण गराउँदै स्वदेशी उत्पादनलाई प्राथमिकता दिन आग्रह गर्नुभयो । सांसद शाहीले अघिल्लो आर्थिक वर्षमा मात्रै करिब १० अर्ब ५५ करोड ७५ लाख रुपैयाँभन्दा बढीको स्याउ विदेशबाट आयात भएको दाबी गर्दै नेपाली किसानले उत्पादन गरेको स्याउ भने बजार अभावका कारण समस्यामा परेको बताउनुभयो । उहाँले अघिल्लो वर्षको साउन महिनामै पनि करिब १ अर्ब ५ करोड ४४ लाख रुपैयाँ बराबरको स्याउ आयात भएको उल्लेख गर्नुभयो ।

सांसद शाहीले जुम्लाको कृषि सम्भावनालाई राज्यले पर्याप्त रूपमा उपयोग गर्न नसकेको बताउँदै जुम्लामा करिब ३८ हजार ४८६ हेक्टर खेतीयोग्य जमिन रहेको र त्यसको करिब ११ प्रतिशत क्षेत्रमा मात्रै खेती भइरहेको हुँदा बाँकी जमिन उपयोगविहीन रहेको बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij