• Friday 24th of July 2026

चीन र दक्षिण कोरियाका राष्ट्रपति बीच भेटवार्ता


  • आशाका किरण

चीनका राष्ट्रपति सि चिनफिङले सोमबार दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनसँग भेटवार्ता गर्नुभएको छ । बेइजिङ्स्थित ग्रेट हल अफ पिपुलमा उहाँहरुका बीचमा भेटवार्ता भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

आफूहरुकाबीचमा रणनीतिक साझा साझेदारिता, ठोस चासो र मुख्य सरोकारका विषयमा एक अर्कालाई सघाउने र उच्चस्तरीय दुई पक्षीय सम्वन्धलाई थप सुधार गर्दै लैजानेलगायतका विषयमा छलफल भएको सिले बताउनु भएको छ । चीन—जापन—दक्षिण कोरियाका शिर्ष नेताहरुको आठौँ बैठकमा सहभागी हुन मुन चीन आउनु भएको हो । चीनको दक्षिणपश्चिमी सहर छेन्दुमा मङ्गलबार सो बैठक हुन लागेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij