• Friday 24th of July 2026

असह्य जाडोमा न्यानो बाँड्दै नेपाली सेना


  • आशाका किरण

महोत्तरी जिल्लामा विगत १४ दिनदेखि असह्य जाडो भइरहेको बेला नेपाली सेना जिल्लाको सीमावर्ती क्षेत्रका गाउँठाउँमा न्यानो बाँड्दै हिँडेको छ । जिल्ला सदरमुकाम जलेश्वरमा अवस्थित नेपाली सेनाको रणभीम गणले अत्यधिक जाडोलाई मध्यनजर गर्दै आज बिहान जलेश्वर नगरपालिका, महोत्तरी गाउँपालिका र पिपरा गाउँपालिकासहितका विभिन्न ठाउँमा दाउरा बाल्नुका साथै सर्वसाधारणलाई तातो चिया उपलब्ध गराएको जलेश्वर नगरपालिकाका प्रमुख रामशङ्कर मिश्रले बताउनुभयो । नेपाली सेनाले जलेश्वर नगरपालिकाको शङ्करचोक, दुर्गाचोक, बुद्धिजीवीचोक, अस्पतालचोक, परिकौलीचोक, जिरोमाइलचोक, त्यस्तै पिपराको मुख्यचोक, महोत्तरीको पर्साचोकलगायतका सार्वजनिक स्थानमा सर्वसाधारणलाई जाडोबाट बचाउनका लागि दाउरा बालेको तथा त्यहाँका सयौँ व्यक्तिलाई तातो चिया खुवाएको गणपति विदुर अधिकारीले बताउनुभयो । यसरी जिल्लामा शीतलहर, चिसो हावा र कठ्याङ्ग्रिँदो जाडो भइरहेको बेला नेपाली सेनाले न्यानो बाँड्दै हिँडेपछि बाटोमा जीवन बिताउने, न्यानो लुगाफाटाका अभाव भएका तथा स्थानीय बासिन्दासहित लाभान्वित भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij