• Friday 24th of July 2026

फुटबल–मच्छिन्द्र लिगको शीर्ष स्थानमा


  • आशाका किरण
dlR5Gb| Sna / Pgcf/6LaLrsf v]n sf7df8f}F !$ k'; M ;lxb :df/s P l8lehg lnucGtu{t ;f]daf/ ;ftfbf]af6f]l:yt PGkmf sDKn]S;df dlR5Gb| Sna / Go""/f]8 l6d -Pgcf/6L_ aLrsf] x''Fb} . t:jL/ M /f]zg ;fksf]6f÷/f;;

शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत चौथो चरणको पहिलो खेलमा मच्छिन्द्र क्लब न्युरोड टिम (एनआरटी) लाई पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेलमैदानमा आज भएको खेलमा मच्छिन्द्र एनआरटीलाई १–० गोलअन्तरले पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लेको हो । मच्छिन्द्रको जीतमा विदेशी खेलाडी एडिलाजा सोमिडेले निर्णायक गोल गरे । उनले खेलको ९०औँ मिनेटमा विजय धिमालको पासमा हेड गोल गरेका थिए । मच्छिन्द्रले चार खेलमा ९ अङ्क जोडेको छ । समान ९ अङ्क नै जोडेको मनाङ मस्र्याङ्दी क्लब गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij