• Tuesday 8th of September 2026

पर्यटनमन्त्री भन्नुहुन्छ, ‘अबको यात्रा उज्यालै उज्यालोतिर’


  • आशाका किरण
kqsf/ ;Dd]ngdf dGqL e§/fO{ sf7df8f}F !$ k'; M ;+:s[lt, ko{6g tyf gful/s p88ogdGqL of]u]zs'df/ e§/fO{ ;f]daf/ sf7df8f}Fdf g]kfn e|d0f jif{ @)@)sf] cj;/df cfof]lht kqsf/ ;Dd]ngdf dQmJo JoQm ub}{ . t:jL/ M /f]zg ;fksf]6f÷ /f;;

सिबी अधिकारी । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । भ्रमण वर्षमा २० लाख पर्यटकको स्वागत गर्नेमात्र नभई आगामी सन् २०२० सम्मलाई पर्यटक दशकका रुपमा मनाएर नेपालको आर्थिक समृद्धिलाई पर्यटनमार्फत बडोत्तरी गर्ने लक्ष्य पनि निर्धारण गरेको छ । जनवरी १ तारिखका दिन भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिँदैछ भने त्यसको छ महिनापछि पर्यटक दशकको घोणाको तयारीमा जुटेको तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले बताउनुभयो । भ्रमण वर्षको नेतृत्व गर्ने पर्यटनमन्त्री योगेशकुमार भट्टराईले पटकपटक भन्दै आउनुभएको पर्यटक दशक कार्यक्रमलाई अभियानकैरुपमा अघि बढाएर महत्वपूर्ण पर्यटकीय पूर्वाधार विस्तारमा केन्द्रित हुने जनाइएको छ । भ्रमण वर्ष राष्ट्रिय महोत्सवको अभियान मात्र हैन यसले सिङ्गो मुलुकलाई एकताबद्ध गराई विश्वसामु नेपालको पहिचानलाई झल्काउन पनि सहयोगसिद्ध हुने विश्वास लिइएको छ । पर्यटनमन्त्री भट्टराईले भ्रमण वर्षको सन्दर्भमा सबै राजनीतिक दलका प्रमुखसँग पनि छलफल गरेको र अभियानलाई सफल बनाउने राजनीतिक प्रतिबद्धता तथा निजी क्षेत्र, सामाजिक सङ्घसंस्था, गैरसरकारी संस्था सबैको उत्साहबद्र्धक सहभागिता र सक्रियताले राष्ट्रिय एकताको भावनालाई मजबुद तुल्याएको बताउनुभयो ।

“भ्रमण वर्षलाई राष्ट्रिय उत्सवकैरुपमा लैजानुपर्नेमा सबै क्षेत्रको जोड छ । सरकार यो अभियानको सहजकर्ता र व्यवस्थापक मात्रै हो, सिङ्गो देश यो अभियानको आयोजक हो । हामीले १८ मङ्सिर २०७६ मा नेपालस्थित ३१ देशका राजदूत र पाँच वटा वैदेशिक साझेदार संस्थाका प्रमुखसँग मन्त्रालयमा छलफल गरेका छौँ । सबै राजदूतले साच्चीकै नेपाल नयाँ बाटो र नयाँ क्षितिजतिर लम्किएको प्रतिक्रियासहित खुशी व्यक्त गर्नुभएको छ”, उहाँले भन्नुभयो । पर्यटनमन्त्री भट्टराईले भ्रमण वर्षको शुभारम्भको दिन सरकारले सबैलाई देशभरि दिपावली गरेर स्वागत गर्न आह्वान गरेको भन्दै सबै सरकारी निकाय, निजी क्षेत्र, गैरसरकारी क्षेत्र, विदेशस्थित कूटनीतिक नियोगका कार्यालयमा दिपावली गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “त्यो दिपावली, त्यो उज्यालोले हाम्रो नयाँ यात्राको सङ्केत गर्नेछ । अबको हाम्रो यात्रा उज्यालै उज्यालोतिरउन्मुख छ भन्ने सन्देश दिनेछ । म तपार्इंहरुमार्फत आम जनसमुदायलाई अपिल गर्न चाहान्छु, सबैले दिपावली गरौँ र दुनियाँलाई भनौँ, ‘अबको हाम्रो यात्रा उज्यालोतर्फ अघि बढेको छ ।” पर्यटनमन्त्री भट्टराईले देशको प्रतिष्ठासँग गासिएको भ्रमण वर्षको तयारीदेखि शुभारम्भको पूर्वसन्ध्यामा आइपुग्दासम्म नेपाली सञ्चार क्षेत्र र सञ्चारकर्मीले महत्वपूर्ण भूमिका निर्वाह गरेकामा खुशी व्यक्त गर्दै देशलाई भ्रमण वर्षमय मनाउनका निम्ति साँच्चीकै सञ्चार क्षेत्रको पनि अभुतपूर्व एकता र सहयोग देखिएको उल्लेख गर्नुभयो । “पर्यटनलाई नेपालको आर्थिक विकासको महत्वपूर्ण आधार भनेका छौँ, त्यसका लागि यो सङ्ख्या र कार्यक्रम पर्याप्त छैन । त्यसैले हामीले ‘२०२०’ लाई प्रस्थान बिन्दु मान्नेछौँ ।

२०२० देखि २०३० लाई पर्यटन दशकका रुपमा सञ्चालन गर्नुपर्छ भन्ने योजनामा हामी छौँ । सरकारको त्यो दशक अभियानमा यहाँहरुको उस्तै सक्रियता, सहभागिता र सहयोग हुने नै छ ।” पर्यटनमन्त्री भट्टराईले मुलुक स्थायी शान्ति, स्थिरता र समृद्धिको बाटोमा अघि बढेको तथा पर्यटनलाई नेपालको अर्थतन्त्रमा प्रमुख आधारमध्येका एक बनाउने सरकारको योजना रहेको उल्लेख गर्नुभयो । उहाँले पर्यटनबाट नेपालको कूल गार्हस्थ उत्पादनमा करिब तीन प्रतिशत योगदान रहेको र १५औँ पञ्चवर्षीय योजना सम्पन्न हुँदासम्म १० प्रतिशत योगदान गर्ने लक्ष्य राखिएको र त्यसलाई सार्थक बनाउन पर्यटन पूर्वाधार निर्माण र सेवामा विस्तारमा जोड दिएको बताउनुभयो । पर्यटनमा गुणस्तरता, बजारीकरण र ब्राण्डिङ सरकारको प्राथमिकतामा रहेको र मानव संशाधनको विकास, सांस्कृति सम्पदाको विकास, पर्यटनमा अध्ययन अनुसन्धानमा जोड दिँदै आएको उहाँले उल्लेख गर्नुभयो । नेपालका पर्यटकीय आकर्षण र सेवामा विविधता ल्याउन अभिप्रेरित गर्ने, पर्यटकीय सम्पदा तथा पर्यटन क्षेत्रमा काम गर्ने जनशक्तिको गुणस्तर र क्षमता अभिवृद्धि गर्ने, पर्यटनका माध्यमबाट गरिबी निवारण गर्ने तथा स्थानीय समुदायको सहभागिता बढाउनमा सरकारको ध्यान केन्द्रित रहेको उहाँले उल्लेख गर्नुभयो । नेपाल भ्रमर्ण वर्ष–२०२०’को शुभारम्भ यही १ जनवरी (पुस १६ गते बुधबार) दशरथ रङ्गशालामा राष्ट्रपतिले उद्घाटन गर्नुहुनेछ ।

समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नुहुनेछ । कार्यक्रममा उपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, राजनीतिक दलका नेता, विभिन्न देशबाट आएका पर्यटनमन्त्री, सङ्घीय सरकारका मन्त्री, प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सांसद, संवैधानिक निकायका प्रमुखज्यू, कूटनीतिक नियोगका प्रमुख, विदेशी नियोगका प्रमुख, विभिन्न देशका प्रतिनिधिको उपस्थिति रहने जनाइएको छ । शुभारम्भमा सरकारी निकाय, निजी क्षेत्र, पर्यटनसँग सम्बद्ध सङ्घसंस्था, सामाजिक क्षेत्र, स्वयंसेवी समूह सङ्गठन, सामाजिक सङ्घसंस्थाको ब्यानर र पोशाकसहित मार्चपास रहनेछ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विशेष प्रस्तुति रहनेछ । नेपालको ख्यातिप्राप्त कलाकारको साङ्गीतिक प्रस्तुति रहनेछ । नेपालको सांस्कृतिक विविधता झल्किने मौलिक प्रस्तुति रहनेछन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij