• Tuesday 8th of September 2026

जङ्गी अड्डामा राष्ट्र निर्माताप्रति सलामी अर्पण


  • आशाका किरण
@(*cf}F k[YjL hoGtL sf7df8f}F, @& k'; M @(*cf}F k[YjL hoGtL tyf /fli6«o Pstf lbj;sf] cj;/df cfOtaf/ eb|sfnL:yLt g]kfnL ;]gfsf] d'Vofnodf /x]sf] k[YjLgf/fo0f zfxsf] zflnsdf ;nfdL ck{0f ub{} k|wfg;]gfklt k'0f{rGb| yfkf . t:jL/ M gjLg kf}8]n, /f;;

नेपाली सेनाले २९८औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डाको मुख्य भवन अगाडि अवस्थित राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकमा पुष्पहार अर्पण गरेको छ । सो अवसरमा आयोजित विशेष समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले राष्ट्र निर्माताको योगदानको स्मरण गर्दै उहाँको शालिकमा पुष्पहार अर्पण गरी सम्मान प्रकट गर्नुभयो । उक्त अवसरमा सैनिक एक टुकडीले राष्ट्र निर्माताको सम्मानमा सलामी अर्पण गरेको थियो । कार्यक्रममा सैनिक उच्च अधिकृतले पनि उहाँप्रति पुष्पगुच्छा अर्पण गर्नुभयो । विसं १७७९ पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहले स–साना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गर्नुभएको थियो ।

तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको भनी दूूरदृष्टि व्यक्तिका रूपमा उहाँको सर्वत्र प्रशंसा हँुदै आएको छ । राष्ट्र निर्माताको २९८औँ जन्मजयन्तीका अवसरमा आज मुुलुुकभर विभिन्न कार्यक्रमको आयोजना गरी राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाइँदैछ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij