• Tuesday 8th of September 2026

मुस्ताङका विद्यार्थी पढ्न तनहुँ झरे


  • आशाका किरण
lxdkftsf] aLrdf /fli6«o ufg ufpFb} ljBfyL{ afh'/f, @^ k';M afh'/fsf] uf}d'n ufpFkflnsf j8f g+ ! l:yt clDn; dfWolds ljBfnodf ef/L lxdkftkl5 z'qmaf/ v'n]sf] ljBfnosf] k|fªu0fdf lxpFdfly g} /fli6«o ufg ufpg] qmddf nfOga4 ePsf ljBfyL{ . tl:a/ M u+u/fh kl08t÷ /f;;

मुस्ताङमा अत्यधिक चिसो बढेपछि त्यहाँको एक गाउँपालिकाका विद्यार्थी अध्ययन गर्न तनहुँ आइपुगेका छन् । मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा रहेको दुई विद्यालयका विद्यार्थीलाई अध्ययनका लागि तनहुँको शुक्लागण्डकी नगरपालिका ल्याइएको हो । जनज्योति आधारभूत विद्यालय र घर्मी सोलर आधारभूत विद्यालयका १४२ विद्यार्थीलाई शुक्लागण्डकी नगरपालिका–८ स्थित तिब्बतीयन क्याम्पभित्र रहेको लेकश्यद छल निम्न माध्यमिक विद्यालयमा अध्ययनको व्यवस्था मिलाइएको छ । पुस १६ गतेदेखि फागुन १७ (जनवरी र फेबु्रअरी) गतेसम्म उक्त विद्यालयका विद्यार्थी क्याम्पभित्रै बसेर अध्ययन गर्ने मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोन्फेल विष्टले जानकारी दिनुभयो । पुसदेखि फागुनसम्म उक्त ठाउँमा अत्यधिक चिसो हुने भएकाले विद्यार्थीको भविष्य बिग्रन नदिने उद्देश्यले गाउँपालिकाले नै अध्ययनको व्यवस्था मिलाएको उहाँले जानकारी दिनुभयो । “चिसोले यहाँको तापक्रम माइनस २० देखि ३० डिग्रीसम्म पुग्छ, त्यसबेला त्यहाँ बस्नै सकिँदैन”, उहाँले भन्नुभयो, “यो समयमा यहाँका विद्यार्थीलाई शुक्लागण्डकीस्थित विद्यालयमा पढ्ने व्यवस्थापन मिलाएका छौँ ।” उहाँका अनुसार जनज्योति आधारभूत विद्यालयका ८१ र घर्मी सोलर आधारभूत विद्यालयका ६१ विद्यार्थीलाई बस्ने र खाने खर्चको व्यवस्था गाउँपालिकाले नै मिलाएको छ ।

“गाउँपालिकाले गत वर्षदेखि दुई महिनाका लागि विद्यार्थीलाई पढाउन तनहुँ ल्याउने व्यवस्था मिलाएको हो”, अध्यक्ष विष्टले भन्नुभयो, “दुई महिनापछि पुनः विद्यार्थी मुस्ताङ नै फर्किन्छन् ।” सो गाउँपालिकामा फागुनदेखि चैत मसान्तसम्म बिदा हुने र वैशाखदेखि पुनः विद्यार्थी आ–आफ्नो विद्यालयमा नै अध्ययन गर्नेछन् । विष्टका अनुसार वैशाखदेखि भने उक्त ठाउँमा मौसम अनुकूल रहने गर्दछ । विद्यार्थीलाई पढाउन शिक्षक पनि मुस्ताङबाटै आएका छन् । शुक्लागण्डकी नगरपालिका–८ स्थित तिब्बतीयन क्याम्पभित्र रहेको लेकश्यद छल निम्न माध्यमिक विद्यालयमा बिदा भएका कारण मुस्ताङबाट आएका विद्यार्थी अध्ययन गरिरहेको क्याम्पका प्रमुख छेङ्तिङले जानकारी दिनुभयो । विद्यालयमा शुक्लागण्डकीका ६४ विद्यार्थी अध्ययनरत छन् । “हाम्रो विद्यालयमा अहिले जाडो बिदा भएका कारण मुस्ताङका विद्यार्थीलाई पढ्ने व्यवस्था मिलाएका छौँ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij