• Tuesday 8th of September 2026

२२औँ राष्ट्रिय भूकम्प दिवसमा प्रभातफेरी


  • आशाका किरण
ndh'ª, @ df3 M @@ cf}+ /fli6«o e"sDk ;'/Iff lbj;sf] cj;/df ;r]tgfd"ns ¥ofnL ;lxt laxLaf/ ndh'ª a]F;Lzx/sf] dgfª] rf}tf/fb]lv ahf/ kl/qmdf ub}{ z]/frf]sdf cfP/ sf]0f;efnfO{ ;Daf]wg ub}{ /fli6«o e"sDk ;'/Iff lbj; @)&^ lhNnf ;df/f]x ;ldltsf cWoIf Pj+ k|d'v lhNnf clwsf/L nId0faxfb'/ v8sf . t:jL/ M hgs >]i7 ÷ /f;;

बाइसौँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा आज बिहान झापाको चन्द्रगढीमा प्रभातफेरी निकालिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति झापाको आयोजनामा चन्द्रगढीको लेखनाथ चोकबाट निकालिएको प्रभातफेरी जिल्ला समन्वय समिति झापाको हलमा पुगेर अन्तरक्रिया कार्यक्रममा परिणत गरिएको थियो । प्रदेशसभा सदस्य, कार्यालयका प्रमुख, कर्मचारी, भद्रपुर नगरपालिका प्रमुख, उपप्रमुखलगायत सहभागी प्रभातफेरीमा ‘घटाऔँ भूकम्पको खतरा जागरुक भई’, ‘आउला भूकम्प भत्काउला घर’, ‘जिउधन जोगाउने हाम्रो कर’, ‘सस्तो सुलभ वैज्ञानिक प्रविधिको विकास गरौँ’लगायतका नारा लेखिएको प्लेकार्ड बोकिएको थियो । सो अवसरमा नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले नेपालमा विसं १८९० देखि २०७२ सम्ममा भूकम्पबाट नेपालमा भएको धनजनको क्षतिबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा भद्रपुर नगरपालिकाका इञ्जिनीयर अलिफ अलीले कमजोर भवन बनाउँदा पुग्ने क्षति, भूकम्पबाट जोगिने आधारभूत जानकारी र नेपाल सरकारले तोकेको मापदण्डअनुसारको भवन बनाउने बारेमा जानकारी गराउनुभएको थियो । प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भूकम्प दिवसको अवसरमा पारेर झापाका १५ वटै स्थानीय तहमा निबन्ध प्रतियोगिता गराइएको थियो । बुधबार गराइएको प्रतियोगिताबाट प्रथम, द्वितीय र तृतीय हुने क्रमशः दिव्या सिग्देललाई रु पाँच हजार, सुस्मिता राईलाई रु तीन हजार र भीषण राईलाई रु दुई हजार प्रदान गरिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij