• Saturday 25th of July 2026

जनसहयोगबाट ट्राफिक प्रहरी भवन निर्माण


  • आशाका किरण
eQmk'/, !# df3 M bftfx?sf] ;xof]udf gjlgld{t 6«flkms k|x/L sfof{nosf] ejg ljleGg bftfx?sf] ;xof]udf ;"o{ljgfos gu/kflnsf j8f g+ ^ s6'~h]df lgdf{0f ;DkGg dxfgu/Lo 6«flkms k|x/L sfof{no eQmk'/sf] ejg . t:jL/ M /d]z lu/L÷/f;;

सूर्यविनायक नगरपालिका–६ कटुञ्जेमा महानगरीय ट्राफिक प्रहरी कार्यालय भवन निर्माण सम्पन्न भएको छ । साँघुरो भाडाको घरमा बस्दै आएका ट्राफिक प्रहरीलाई सुविधासम्पन्न भूकम्प प्रतिरोधी आफ्नै भवन पाएपछि कार्यालय सञ्चालनदेखि ब्यारेकको बसाइ सहज हुने भएको छ । कूल १३ आना जग्गामा करिब रु एक करोड ५० लाखको लागतमा भवन बनेको समितिका अध्यक्ष नवीन प्रजापतिले जानकारी दिनुभयो । दुईतला आधा रहेको यो भवनमा नौ कोठा, मेस, महिला ब्यारेक, इञ्चार्ज कक्ष, कार्यालय प्रमुखको आवास, जुनियर प्रहरी अधिकृत ब्यारेक, प्रहरी हवल्दार र प्रहरी जवानको ब्यारेक, सभाकक्ष , प्रतीक्षालय, र छ शौचालय रहेको ट्राफिक प्रहरी हवल्दार ईश्वरप्रसाद बञ्जाराले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij