• Friday 24th of July 2026

भब्य कार्यक्रमकासाथ इस्टपोल स्कुलको २५ औं स्थापना दिवस सम्पन्न


  • आशाका किरण

सुदर्शन बजगाई,आशाका किरण समाचार। काठमाडौंको जोरपाटीमा रहेको इस्टपोल स्कुलले आफ्नो २५ औं वार्षिकोत्सब भव्य कार्यक्रमाका साथ सम्पन्न गरेको छ । नारायणटारस्थित विद्यालय प्राङ्गणमा भएको कार्यक्रमको सभापतित्व विद्यालयका अध्यक्ष इश्वर सापकोटाले गरेका थिए भने प्रमुख आतिथ्यता गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे र कागेस्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरी थापाको रहेको थियो । विद्यालयाका साहायक प्रधानाध्यापक प्रकाश अधिकारीले संचलन गरेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजेश राईले विद्यालयले विद्यार्थीको चौतर्फी विकासमा गरेको प्रगती र विद्यालयाको भावी योजना प्रस्तुत गर्दै स्वागत मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रमामा विद्यार्थीले गायन अभिनय र नृत्य कला प्रस्तुत गरेका थिए ।

संस्कारयुक्त युग सुहाउँदो शिक्षा प्रदान गर्ने स्कुलको लक्ष्य रहेको बताउँदै विद्यालयका अध्यक्ष इश्वर सापकोटाले २५ वर्षको गौरबमय इतिहास रच्न सफल  भएकोमा सहयोग गर्ने सबैलाई धन्यवाद ब्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि ,विद्यालयका प्रधानाध्यापक एवम् सामाजिक अभियानताको सहभागीता रहेको थियो । इस्टपोल स्कुल काठमाडौंको पुर्वी भेगमा सबैभन्दा बढी विद्यार्थी संख्या रहेको गोकर्णेश्वर नगरपालिकाको उत्कृष्ट संस्थागत विद्यालय २०७६ बाट सम्मानित स्कुल हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij