• Friday 24th of July 2026

अन्तर्राष्ट्रिय त्रिपिटक वाचनका लागि सेनाद्वारा सरसफाइ


  • आशाका किरण
sf7df8f}F, @)df3 rf?dtL a'l4i6 ld;g g]kfn / yfO O08f] rfOgf k|m]08l;k Pzf]lzPzgsf] ;+o'Qm cfof]hgfdf oxL df3 @% / @^ ut] rfjlxnl:yt rf?dtL ljxf/df x'g nfu]sf] cGt//fli6«o lqlk6s jfrg sfo{qmdsf] tof/Lsf nflu g]kfnL ;]gfn] cfh ;/;kmfO ub}{ . g]kfn e|d0fjif{nfO{ /fli6«o tyf cGt//fli6«o txdf k|j4{g ug{ kf7 ul/g nfu]sf] 5 . sfo{qmddf g]kfn, ef/t, >Lnªsf, yfONof08, DofGdf / nfcf];sf sl/a @)) leIf'÷leIf'0fL,;xeflutf /xg] 5 .

चारुमती बुद्धिष्ट मिसन नेपाल र थाइ इण्डो चाइना फ्रेण्डसिप एसोसिएशनको संयुक्त आयोजनामा यही माघ २५ र २६ गते चाबहिलस्थित चारुमती विहारमा हुन लागेको अन्तर्राष्ट्रिय त्रिपिटक वाचन कार्यक्रमको तयारीका लागि नेपाली सेनाले आज सरसफाइ गरेको छ । नेपाल भ्रमणवर्षलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्न बौद्ध साहित्यको पाठ गरिन लागिएकाले कार्यक्रमलाई व्यवस्थित बनाउन विहार आसपास क्षेत्रमा सफाइ गरिएको हो । विहारका पदाधिकारी तथा स्थानीयको समेत सहयोग रहेको सरसफाइ कार्यक्रममा त्यस क्षेत्रमा रहेका प्लास्टिक, बोरा, सिसाका टुक्रा सङ्कलन गरी त्यसको व्यवस्थापन गरिएको थियो । शाक्यमुनि बुद्धले बोधिसत्व प्राप्त गरेपछि जीवनको अन्तिम समयसम्म दिएका प्रवचन तथा उपदेशलाई बौद्ध शिक्षाका रुपमा लिइएको छ ।

बुद्ध धर्ममा ज्ञान, ध्यान, धार्मिक, दर्शन, भिक्षुका आचारसंहितासम्बन्धी विषयलाई अभिधर्म, सूत्र र विनय गरी तीन भागमा सङ्ग्रह गरिएको छ । बौद्ध धर्मको पुरानो ग्रन्थ त्रिपिटक तीन भागमा समेटिएको छ । त्रिपिटक पाली भाषामा लेखिएको महत्वपूर्ण ग्रन्थ हो । यो अन्य भाषामा समेत अनुवाद गरिएको छ । अन्तर्राष्ट्रिय तहका भिक्षुले उक्त ग्रन्थका केही वाक्यांश (पाठ) लाई सामूहिक रुपमा वाचन गरी विश्व शान्ति तथा राष्ट्रिय कल्याणका लागि कामना गरिनेछ । कार्यक्रमको प्रचारप्रसारबाट देशविदेशका बौद्ध धर्मावलम्बीको ध्यानाकर्षण गरी स्वदेशमा धार्मिक पर्यटन अभिवृद्धि हुने विश्वास लिइएको छ । नेपाल, भारत, श्रीलङ्का, थाइल्याण्ड, म्यान्मा र लाओसका करिब २०० भिक्षुभिक्षुणीको सो कार्यक्रममा सहभागिता रहनेछ । यही माघ २५ गते विहान चारुमती विश्व साइकल यात्रा गरी दिउँसो त्रिपिटक वाचन गरिने कार्यक्रमका संयोजक भिक्षु तपस्सी धम्मले जानकारी दिनुभयो । चाबहिलदेखि शुरु हुने साइकल यात्रा गौशाला, एयरपोर्ट, ग्वार्को, सातदोबाटो, लगनखेल स्तूपाहुँदै विभिन्न बौद्ध सम्पदास्थलमा पुगेर पुनःकार्यक्रस्थलमा आउने कार्यक्रम छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij