• Friday 24th of July 2026

प्रतिनिधि सभाको शून्य समयमा सांसद, कसले के भने ?


  • आशाका किरण
k|ltlglw;efsf] a}7s k|ltlglw;efsf] cfOtaf/ a;]sf] a}7sdf ;xefuL ;f+;bx? . tl:a/ M /f]zg ;fksf]6f, /f;;

सांसदहरुले समसामयिक र क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकको शुन्य समयमा बोल्दै सांसद मिन बहादुर विश्वकर्माले चीनबाट फैलिएको कोरोना भाईरसका कारण संसार आक्रान्त भईरहेका बेला बारम्बार कुरा उठाउदा पनि सुनुवाई नभएको भन्दै चीनमा रहेका नेपालीलाई स्वदेश फिर्ता ल्याई सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो“नेपाली नागरिकहरु चीनमा अत्यन्तै अत्तालिएर बसेको बेलामा बारम्बार सदनमा , सडकमा र विभिन्न संञ्चारमाध्यमबाट आफ्नो अभिव्यक्ति मार्फत तत्काल उनीहरुलाई नेपाल ल्याउने र सुरक्षित बनाउने कुराको आवाज अभिभावकहरुले उठाईरहेका छन् । सरकारको जवाफपमा हामीसंग दुईवटा विमान छ भनेको संञ्चारमा सुन्यौ । पाईलटहरुलाई सोध्दा दुईवटा मात्रै होइन सबै प्लेन ग्राउण्डेड छ भनेको पनि जवाफ पाईयो । सरकारले प्लेन ग्राउण्डेड छ भनेको हो कि उड्नका लागि स्ट्यानवाई छ भनेको हो स्पष्ट पार्नुपर्यो ।”

सासंद बिमला विकले तात्कालिक सरकारले २०७१ सालको बाढी प्रभावित बर्दिया बाँके लगायतका बाढी प्रभावितलाई भुकम्प प्रभावित सरह राहत उपलब्ध गराउने भनेपनि अहिले सम्म कार्यान्वयन नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद भवानी प्रसाद खापुङले मुलुकभरका १८ हजार सामुदायिक विद्यालयका प्रारम्भीक बालशिक्षामा कार्यरत शिक्षक र विद्यालयका २६ हजार कर्मचारीले सरकारले तोकेको न्यूनतम पारिश्रमिक नपाएको तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । बालशिक्षामा कार्यरत शिक्षकले मासिक तलब ६ हजार र विद्यालयका कर्मचारीले मासिक ६ हजार ५ सय देखि ७ हजार ५ सय रहेको उल्लेख गर्दै न्यूनतम पारिश्रमिक १३ हजार ५ सय उपलब्ध गराउने व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।

भूमि प्रसाद त्रिपाठीले नागढुंगा सुरुङ मार्ग निर्माणकार्यले प्रारम्भमा नै अवरोधको सामना गर्नुपरेको उल्लेख गर्दै धादिङ जिल्ला तर्फको सुरुङ मार्गको मुखैमा देखिएको जग्गा मुआब्जामको समस्या तत्काल सम्बोधन गर्न सरकारसंग माग गर्नुभयो ।

भैरव बहादुर सिंहले बझाङको खोड्पे बजार जयपृथ्वी राजमार्गको अवस्था नाजुक भएकाले यात्राको समयमा स्थानीय बासीले जोखिमपुर्ण यात्रा गर्न बाध्य भएको भन्दै सो राजमार्गको स्तरोन्नती गर्न सकारसंग माग गर्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij