• Tuesday 8th of September 2026

राससको वार्षिकोत्सवः पत्रकारको स्वास्थ्य परीक्षण


  • आशाका किरण
/f;; jflif{sf]T;j lrtjg, & kmfu'gM /fli6«o ;dfrf/ ;ldltsf] %(cf}F jflif{sf]T;jsf cj;/df a'waf/ e/tk'/sf] PglkcfO{ gf/fo0fL ;fd'bflos c:ktfndf cfof]hgf ul/Psf] kqsf/sf nflu lgMz'Ns :jf:Yo k/LIf0f sfo{qmddf :jf:YosdL{nfO{ /ut k/LIf0fsf nflu cf}hf/ x:tfGt/0f u/]/ pb3f6g ub}{} k|ltlglw;efsf] sfg'g, Gofo tyf dfgj clwsf/ ;ldltsf ;efklt s[i0feQm kf]v/]]n . t:jL/M s[i0f cfrfo{÷/f;;

राष्ट्रिय समाचार समितिको ५९ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ जिल्लामा कार्यरत पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । रासस भरतपुरको आयोजनामा भएको कार्यक्रमको प्रतिनिधिसभा, कानून, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले उद्घाटन गर्दै राससका माध्यमबाट सकारात्मक समाचार जनतामा पुग्न सकेको बताउनुभयो । सभापति पोख्रेलले भन्नुभयो, “संविधान लेख्ने मान्छेमध्येको एउटा मान्छे म यहाँ छु । अरु सबै स्वतन्त्रता सामान्य स्वतन्त्रताको रुपमा राखिएको छ तर प्रेसको स्वतन्त्रता पूर्ण प्रेस स्वतन्त्रता भनेर संविधानमा सुनिश्चित गरिएको छ ।” सो अवसरमा कार्यक्रमको सहयोगी संस्था एनपिआइ नारायणी सामुदायिक अस्पतालका सञ्चालक विष्णु कुँवरले पत्रकारको स्वास्थ्य परीक्षण गर्ने अवसर प्रदान गरेकामा राससप्रति आभार प्रकट गर्नुभयो ।

कार्यक्रम रासस भरतपुरका प्रमुख नारायण अधिकारीको अध्यक्षतामा भएको थियो । सो अवसरमा १०२ पत्रकारको स्वास्थ्य परीक्षण गरिएको राससका समाचारदाता कृष्ण आचार्यले जानकारी दिनुभयो । एनपिआइ नारायणी सामुदायिक अस्पतालले पत्रकारको झण्डै रु तीन लाख बराबरको परीक्षण गरेको जनाएको छ । रगत र पिसाबको नमूना परीक्षणपछि समस्या देखिएमा आजै सम्बन्धित विज्ञ चिकित्सकसँग समेत परामर्श गराइने आचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij