• Saturday 25th of July 2026

कुखुरा बरामद


  • आशाका किरण

शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीबाट अवैधरूपमा भारतबाट ल्याउँदै गरेको दश क्विन्टल कुखुरा आज सशस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी नायब निरीक्षक केशवदत्त विष्टको कमान्डमा रहेको गस्ती टोलीले मोटरसाइलमा ल्याउँदै गरेको चार सय वटा जिउँदो (१० क्विन्टल) कुखुरा बरामद गरेको हो । बरामद कुखुरा रु दुई लाख ४० हजार मूल्य बराबर रहेको सशस्त्र प्रहरी बल नेपाल नं ३५ गणपति सशस्त्र प्रहरी उपरीक्षक वीरसिंह शाहले बताउनुभयो । अवैध कुखुरा बोक्न प्रयोग गरिएका चार थान मोटरसाइलसमेत बरामद गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार से२प ६८३, म१प ४६९, म२प १२६४ र भारतीय यु.पी. ३१ वि.सी ८५०१ नंका मोटरसाइकल बरामद गरिएको छ । सशस्त्र प्रहरीको टोली देखेपछि कुखुरा तस्करीमा संलग्नहरु भागेको सशस्त्र प्रहरी उपरीक्षक शाहले बताउनुभयो । बरामद गरिएका कुखुरा सरोकारवालाहरुको रोहवरमा नष्ट गरिएको छ । बरामद मोटरसाइललाई भन्सारमा बुझाउने तयारी गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij