• Tuesday 8th of September 2026

सहमतिपछि सप्तकोशी नदीमा पुनः जेटबोट सञ्चालन


  • आशाका किरण

स्थानीयवासीबाट सुरक्षा खतरा बढेको भन्दै सप्तकोशी नदीमा बन्द भएको जल यातायातको रूपमा सञ्चालित जेटबोट (पानी जहाज) सञ्चालनमा आएको छ । स्थानीयवासीले राखेको रोजगारी र भाडामा सहुलियतको माग पूरा हुने भएपछि साना पानी जहाज सञ्चालनमा आएको हो । सप्तकोशी टुरिजम एण्ड वाटर ट्रान्स्पोर्टेशन प्रालिका सञ्चालक राजेन्द्र कार्कीका अनुसार नयाँ सहमतिअनुसार चतराबाट धनकुटाको साँघुरीगढी गाउँपालिकाको सङ्खुवासम्मको भाडा रु ३०० बाट २५०, चतराबाट शहीदभूमि गाउँपालिकाको त्रिवेणीसम्मको भाडा रु ३५० बाट रु ३०० कायम गरिएको छ भने चतराबाट हुतवागढी–९ हसनपुरको सिम्ले÷हलेदे नदी किनार आसपासका स्थानीयको भाडा रु ४०० र अन्य क्षेत्रबाट आउने यात्रुको भाडा रु ५००) पहिलाकै यथावत राखिएको छ । स्थानीयवासीले विभिन्न माग राख्दै जेटबोट सञ्चालनमा अवरोध गरेपछि करिब एक सातादेखि सेवा बन्द भएको थियो । स्थानीयवासीसँग सहमति भएपछि गत सोमबारबाट नियमित सेवा सञ्चालनमा आएको हो । सप्तकोशी नदीमा चार वटा कम्पनीका सात वटा जेटबोट सञ्चालनमा छन् । सो स्थानमा बिहान ७ बजेबाट साँझ ५ बजेसम्म प्रहरी चेक पोष्ट रहने सहमतिसमेत भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij