• Friday 24th of July 2026

खसीबोकाको कारोवार बढ्यो


  • आशाका किरण
xf6 ahf/df v;L af]sfsf] Jofkf/ xf]nL kj{nfO{ nlIft u/]/ ;'g;/L ;b/d'sfd Og?jfdf cfh nfu]sf] laxLaf/] xf6 ahf/df v:;L af]sf laqmL ub}{ :yfgLo / vl/b ub}{ Jofkf/L . xf]nL kj{ glhlsP;+u} v;L,af]sfsf] d'No j[l4 ePsf] 5 . t:jL/ M clhts'df/ emf ÷ /f;;

तराई–मधेश क्षेत्रमा हर्षोल्लासपूर्वक मनाउने होली पर्व आउनलाई केही दिन बाँकी रहेका बेला सुनसरीमा खसीबोकाको कारोवार बढेको छ । सुनसरीका स्थानीय हाटबजारमा खसीबोका किन्ने र बिक्री गर्नेको चहलपहल बढेको पाइएको छ । सुनसरीमा लाग्ने बिहीबारे हाटिया, सोमबारे, मधुवन हाट तथा ग्रामीण क्षेत्रमा लाग्ने विभिन्न हाट बजारमा खसीबोका किन्ने र बिक्री गर्नेको सङ्ख्या बढ्दै गएको स्थानीय डुमरलाल मेहताले बताउनुभयो । होली पर्वमा मासु खानका लागि स्थानीयले खसीबोका खरिद गर्ने भएकाले यसको बिक्री वितरणमा वृद्धि भएको स्थानीय व्यापारीले बताएका छन् । सुनसरी सदरमुकाम इनरुवामा लागेको बिहीबारे हाटमा मात्रै एक दिनमा एक हजारभन्दा बढीको सङ्ख्यामा खसीबोका खरिद बिक्री भएको स्थानीय व्यापारीले बताएका छन् । सुनसरीसहित सप्तरी र सिराहा तथा काठमाडौँकोसमेत व्यापारी यहाँ आउने भएकाले खसीबोकाको कारोवारमा वृद्धि भएको व्यापारीको भनाइ छ ।

केही किसानले भने भारतीय खसीबोका अवैधरुपमा भित्रिएका कारण आफूहरुले खसीबोकाको उचित मूल्य नपाएको गुनासोसमेत गरेका छन् । खसीबोकाको कारोवारमा वृद्धि भएसँगै यसको मूल्यमा समेत वृद्धि भएको स्थानीय उपभोक्ता चन्दन मेहताले बताउनुभयो । सुनसरीमा अहिले खसीको मासु रु ८५० प्रतिकिलोमा बिक्रीवितरण भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij