• Wednesday 9th of September 2026

दलित विद्यार्थी संघका अध्यक्ष राजु सुनार माथि नै जातीय भेदभाव


  • आशाका किरण

काठमाडौं । जातीय छुवाछूत गरेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ पुर्जी जारी गरेका सरोज बस्नेत अझै फरार छन् । नेपाल दलित विद्यार्थी संघका अध्यक्ष राजु सुनारमाथि बस्नेतले दुर्व्यवहार गरेपछि उनीविरुद्ध जातीय छुवाछूत तथा भेदभाव कसुरसम्बन्धी मुद्दा दर्ता भएको छ । गोकर्णेश्वर नगरपालिका २ बस्ने बस्नेत लुकीछिपी बसेको भन्दै पक्राउ गरी दाखिल गर्न परिसरले भने पनि वौद्ध प्रहरी वृत्तले अझै पक्राउ गर्न सकेको छैन ।

सोही मुद्दाको अनुसन्धानका लागि महानगरीय प्रहरी परिसरले बस्नेतलाई पक्राउ गरी दाखिला गर्न महानगरीय प्रहरी वृत्त बौद्धलाई फागुन २२ मा पत्र पठाएको थियो । तर, हालसम्म पनि बस्नेत पक्राउ परेका छैनन् ।

आफुमाथि जातीय छुवाछुत गर्ने बस्नेत पक्राउ गर्न प्रहरी उदासिन देखिएको भन्दै उनले गुनासो गरेका छन् । “पक्राउ पुर्जी जारी भएको २ हप्ता वित्दा समेत जातीय छुवाछुत गर्ने व्यक्तिलाई पक्राउ गर्न प्रहरी किन गम्भीर छैन ? किन फितलो ढँगले लिइरहेको छ ? ” पिडित सुनारले गुनासो गर्दै भने । आफूहरुले सूचना दिँदा पनि प्रहरीले पक्राउ गर्न चासो नदेखाएको सुनारले बताए ।

बस्नेतले आफ्नो मात्रै नभई समग्र दलित समुदायकै आत्मसम्मानप्रति आँच आउने कार्य गरेको भन्दै सुनारले जातीय छुवाछूत तथा भेदभावसम्बन्धी कसुरमा महानगरीय प्रहरी परिसर टेकुमा १९ फागुनमा उजुरी दिएका थिए ।

फागुन २१ गते काठमाडौं जिल्ला अदालतले बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

प्रहरी परिसर टेकुले  फागुन २२ गते नै पक्राउ गरी दाखिला गर्न वौद्ध प्रहरी वृत्तलाई पत्राचार गरेको पछि वृत्तले  फागुन २३ गते गोकर्ण प्रहरी प्रभागलाई पुनः पक्राउ गरी दाखिला गराउन भनेपनि हालसम्म बस्नेत फरार रहेका छन् । – १२ खरीबाट साभार

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij