• Saturday 25th of July 2026

हल्कादेखि मध्यम वर्षाको सम्भावना


  • आशाका किरण

देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमी भू–भागमा औसत स्थानभन्दा केही उत्तरतर्फ सरेकाले प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा आज भारी वर्षाको सम्भावना रहेको मौसमविद् सविना शाक्यले बताउनुभयो । “बाँकी स्थानमा सामान्यतया हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।” उहाँले भन्नुभयो । प्रदेश १, २, सुदूरपश्चिम तथा कर्णाली प्रदेशका केही स्थानहरुमा वर्षा भइरहेको छ ।

दिउँसो देशभर बदली रही सबै प्रदेशका धेरै जसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश १, २, ५, वाग्मती , गण्डकी तथा कर्णाली प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij