सुदर्शन बजगाई,गोकर्णेश्वर अनलाइन । आज सम्पन्न गोकर्णेश्वर नगर अधिवेशनमा निर्वाचित भएका नगर सभापति भागवत सापकोटाले आउँदै गरेको स्थानिय चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई गोकर्णेश्वरमा १ नम्बरको पार्टी बनाउने बताएका छन् ।
गोकर्णेश्वर ५ को बासुकी दरबारमा भएको नगर अधिवेशनबाट निर्वाचित भएपछि मन्तब्य राख्दै सापकोटाले सो कुरा बताएका हुन् ।
भागवत सापकोटा प्रधानमन्त्री बालेन निकट सांसद राजुनाथ पाण्डेसंग निकट मानिन्छन् ।
अन्य पदमा सर्वसम्मत भएतापनी सभापतिमा चुनाव भएको थियो । भागवत सापकोटाले ७७ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी आदर्श क्षेत्रीले ६५ मत प्राप्त गरेका थिए ।
सापकोटा यसअघीपनी नगर सभापति थिए ।
बिजयसंगै रास्वपाभित्र भागवत सापकोटालाई भावी गोकर्णेश्वर नगरपालिकाको मेयरको सम्भावित उम्मेदवारको रुपमा कार्यकर्ताले प्रक्षेपण गर्न थालीसकेका छन् ।
