• Friday 24th of July 2026

शिक्षामा दलीयकरण हुनु नै अहिलेको सबैभन्दा ठूलो समस्या हो ,रास्वपा यसबाट अलग हुन सकेन : गगन थापा


  • आशाका किरण

नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले शिक्षामा दलीयकरण हुनु नै अहिलेको सबैभन्दा ठूलो समस्या भएको बताउनुभएको छ ।

शुक्रबार कांग्रेस नीति अनुसन्धान प्रतिष्ठानले पार्टी कार्यालय सानेपामा आयोजना गरेको ग्रिन टेबल कार्यक्रममा सभापति थापाले शिक्षामा राजनीति हुनु र दलीयकरण हुनु फरक कुरा भएको भन्दै अहिले शिक्षामा दलीयकरण हुनु ठूलो समस्या भएको बताउनुभएको हो ।

उहाले विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक वा शिक्षकहरूको योग्यता भन्दा पनि आफ्नो मान्छेलाई राख्नुपर्छ भन्ने मान्यता गाउँ–गाउँमा व्याप्त रहेको उल्लेख गर्नुभयो ।

शिक्षा क्षेत्रमा राम्रा भन्दा आफ्ना मान्छे भर्ति गर्ने प्रवृतिबाट बाहिर निस्कन जरुरी रहेको उहाको भनाइ छ ।

सभापति थापाले शिक्षकहरुले विद्यालयमा आफ्नो जिम्मेवारी पुरा गर्नुका साथै समुन्नत नेपाल निर्माणका लागि अझ धेरै योगदान दिनुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij