• Wednesday 29th of July 2026

कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्षले सुरु गरे नेपालमै नभएको काम,वडाका सबै शिक्षक शिक्षिकालाई गुरुपुर्णिामा विशेष सम्मान


  • आशाका किरण

सुदर्शन बजगाई,आशाका किरण मिडिया । समाजलाई सहि बाटो देखाउने र अन्धकार बाट उज्ज्वल भविस्यमा लम्कन प्रोत्साहन गर्ने शिक्षक शिक्षिकाहरुलाई कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर १ ले गुरु पुर्णिमाको अवसर पारेर विशेष सम्मान गरेको छ ।

वडा अध्यक्ष मुकुन्द गजुरेलले समाज रुपान्तरण र मानव जातिको उत्थानकालागि शिक्षाको भुमिका हुने र त्यो शिक्षा दिने शिक्षक शिक्षिका महान हुने भन्दै गुरु पुर्णिमाको अवसर पारेर १५० भन्दा बढी शिक्षक शिक्षिकालाइ एकैपटक सम्मान गरिएको आशाका किरण मिडियालाई बताए ।

सामुदायिक र निजि विद्यालयका शिक्षक शिक्षिकालाई पक्षपात नगरी सम्मान कार्यक्रम आयोजना गरिएको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मुकुन्द गजुरेलले आशाका किरण मिडियालाई बताए ।

वडाका सम्पूर्ण शिक्षक शिक्षिकालाई वडा अध्यक्ष गजुरेलले माला लगाएर सम्मान पत्रले सम्मान गरेका थिए ।

सम्मानले शिक्षण पेशामा लाग्न थप प्रेरणा मिलेको र वडाले नेपालमै कतै नभएको काम गरेर उदाहरण पेश गरेको शुभारम्भ स्कुलका प्रधानाध्यापक नारायण धिमालले बताए ।

कार्यक्रम वडा नजिकैकाे एक रिसोर्टमा आयोजना गरिएको थियो । नेकपा एमालेबाट निर्वाचित  मुकुन्द गजुरेलकाे याे दाेस्राे कार्यकाल हाे ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij