• Friday 24th of July 2026

वर्तमान सरकार चटकको भरमा आएको र चटककै भरमा जान्छ: केपी शर्मा ओली


  • आशाका किरण

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेबिरुद्धको देशद्रोही भाष्य र घेराबन्दी विरुद्ध डटेर सामान गर्ने बताउनुभएको छ ।

शनिबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी जागरण अभियान शुभारम्भ गर्दै अध्यक्ष ओलीले पाटीबिरुद्ध देशद्रोही भाष्य र घेराबन्दी गरेर अलोकप्रिय बनाउन खोजेको भन्दै त्यसका बिरुद्ध डटेर सामाना गर्ने बताउनुभएको हो । ओलीले वर्तमान सरकार चटकको भरमा आएको भन्दै चटककै भरमा जाने टिप्पणी समेत गर्नुभयो ।

उहाले सुकुम्बासीहरूलाई धनीपूर्जा वितरण गर्ने अवस्थामा पुगेको बेला अदालतले आयोग नै भङ्ग गरिदिएका कारण काम रोकिएको तर यस बिषयलाई जनता र सुकुम्बासी माझ स्पष्ट रूपमा लैजान नसक्नु कमजोरी भएको धारणा राख्नुभयो ।पार्टीभित्र र बाहिर उठ्ने गरेका आलोचनाको जवाफ दिँदै अध्यक्ष ओलीले विगत ५७ वर्षदेखि जेलनेल सहेर पार्टी निर्माणमा लागेको बताउनुभयो ।

उहाले पार्टी नेतृत्वमा रहेकाले आफुले पार्टी सफल हुँदा वा असफल हुँदा दुवै अवस्थामा आफूले जिम्मेवारी लिने स्पष्ट पार्नुभयो । तर, पार्टी सफल हुँदा सबैले श्रेय लिने तर अलिकति धक्का खाँदा वा विरोधीहरू एकजुट हुँदा सबै दोष अध्यक्ष एक्लैको टाउकोमा थुपार्ने प्रवृत्ति उपयुक्त नभएको उहाको भनाइ छ ।

अध्यक्ष ओलीले लोकतन्त्र विरोधी र देशद्रोही कार्यहरू भइरहेको भन्दै समाजमा फैलिएका अन्योल र भ्रमहरू चिर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij