• Friday 24th of July 2026

हुम्ला र बाजुरा जिल्लाको सीमा विवादलाई तत्काल समाधान गर्न सांसद केपी खनालको सरकारलाई ध्यानाकर्षण


  • आशाका किरण

रास्वपाका सांसद केपी खनालले हुम्ला र बाजुरा जिल्लाको सीमा विवादलाई तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बिहीबार प्रतिनिधिसभाको आकस्मिक समयमा सांसद खनालले हुम्ला र बाजुरा जिल्लाको रानीसैन सीमा क्षेत्रको विवाद तत्काल समाधान गर्दै नागरिकको जीवन सुरक्षा र स्वतन्त्र रूपमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्न माग गर्नुभएको हो ।

उहाले बाजुराको हिमाली गाउँपालिका साइपालको पूर्वी बेस क्याम्प हुनुका साथै जडीबुटी र वन्यजन्तुको अपार भण्डार भएकाले तस्करहरूले वर्षौँदेखि जडीबुटी र वन्यजन्तुको कर छलेर अवैध चोरी तस्करी गर्दै आएको खबर प्राप्त भएको उल्लेख गर्नुभयो । त्यस क्षेत्रमा प्रहरी चौकी राख्दा तस्करहरुलाई समस्या हुने भएकाले उनीहरुले चौकी राख्न पहल गर्ने वडा सदस्यसहितलाई कुटपिट गरेको हुनसक्ने उहाले बताउनुभयो ।

उहाले स्थानीय तहको प्रवद्र्धन र पर्यटकीय प्रवद्र्धन काममा लाग्दा जनप्रतिनिधिहरुमाथि भएको दुव्र्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij