• Saturday 25th of July 2026

काठमाडौँको तापक्रम शून्य डिग्रीतिर


  • आशाका किरण
pkTosfdf lr;f] a9b} sf7df8f}F # dªl;/ M rf]ef/af6 a'waf/ b]lvPsf] sf7df8f}F pkTosf . dªl;/ nfu];Fu} pkTosfdf lr;f] a9]sf] 5 . tl:a/ M /f]zg ;fksf]6f÷/f;;

काठमाडौँको न्यूनतम तापक्रम आज शून्य दशमलव ८ डिग्रीमा झरेको छ । काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । काठमाडौँसहित देशभर चिसो बढेको छ । तराई क्षेत्रमा बाक्लो हुस्सुले जनजीवन प्रभावित बनेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार काठमाडौँको न्यूनतम तापक्रम १ दशमलव १ डिग्री सेल्सियस थियो । काठमाडौँ उपत्यकाको तापक्रम अबका केही दिन निरन्तर घट्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो । “उपत्यकाको तापक्रम माइनसमा पुग्ने सम्भावना भने कमै छ”, मौसमविद् प्रधानाङ्गले भन्नुभयो ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १६ दशमलव ६ डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ८ दशमलव ५ डिग्री र सबैभन्दा धेरै विराटनगरको न्यूनतम तापक्रम ८ दशमलव २ डिग्री सेल्सियस छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij