• Saturday 25th of July 2026

हुम्लामा चिसो झन् बढ्यो


  • आशाका किरण
dgfªdf lr;f] a9];Fu} vf]nf gfnfsf] kfgL lxpF kl/0ft k';, & dgfª M dgfªdf lr;f] a9];Fu} clwsf+; vf]nf gfnfsf kfgL lxpF kl/0ft . ;b/d'sfd rfd] cf;kf;sf kfgLsf] d'xfgdf lxpF hDd]kl5 lkpg] kfgL ;d]t kfpg sl7g ePsf] 5 . oxfFsf] b}lgs tfkqmd dfOg; !% l8u|Lb]lv @) l8u|L ;Dd k'Ug] u/]sf] 5 . t:jL/ M gjLg nfld5fg]÷/f;;

उच्च हिमाली जिल्ला हुम्लाको जिल्ला अस्पतालमा पछिल्लो केही दिनयतादेखि बिरामीको सङ्ख्या बढेको छ । यही पुस महिना लागेसँगै जिल्लाको तापक्रम माइनसमा झरेर चिसो अत्यधिक भएपछि अस्पतालमा रुघाखोकीलगायतका बिरामी बढेका जनाइएको छ ।

जिल्ला अस्पताल हुम्लामा दैनिक दिन ६० जनाभन्दा बढी उपचारका लागि पुग्ने गरेको गरेको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले जानकारी दिनुभयो । ज्वरो, रुघाखोकी, दम, लगायतका बिरामी उपचारका लागि गाउँबाट जिल्ला पुग्ने गरेको अनमी उहाँले बताउनुभयो । उहाँका अनुसार बिरामी उपचारका लागि आएपछि जिल्ला अस्पतालमा रहेका श्यया पनि भरिभराउ भएका छन् । यस्तै घाँटी र शरीर दुख्ने, खाना खान मन नलाग्ने लक्षणका बिरामी पनि आउने गरेबका छन् ।

बालबालिका र वृद्धवृद्धामा यस्तो समस्या बढी देखिएको अस्पतालले जनाएको छ । स्वास्थ्य अवस्था जटिल भएका केही बिरामीलाई अस्पतालमै भर्नासमेत गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij