• Saturday 25th of July 2026

चन्द्रागिरि डाँडामा हिमपात


  • आशाका किरण
sf7df8f}F, @! df3 M lxpFdf /dfpFb} ;j{;fwf/0f sf7df8f}Fdf jiff{;Fu} rGb|flul/ 8fF8fdf lxpF k/]kl5 lxpFdf /dfpg k'u]sf ;j{;fwf/0f . lr;f]sf sf/0f pkTosfsf cGo 8fF8fx?df klg ;]tfDd} lxpF k/]sf] 5 . tl:a/ M k|bLk/fh jGt÷/f;;

गए रातिदेखि परेको अविरल वर्षाका कारण चन्द्रागिरि डाँडोमा हिमपात भएको छ । राजधानीको पर्यटकीय क्षेत्रको रुपमा रेहेको उक्त स्थानमा आज बिहानैदेखि हिमपात भएको हो । चन्द्रागिरि रिसोर्ट, भालेश्वर मन्दिर, केवलकार स्टेशनलगायत क्षेत्रमा हिउँले ढाकेको चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकविक्रम शाहले बताउनुभयो ।

गत पुसको दोस्रो साता उक्त स्थानमा हिउँ परेकामा आज दोस्रोपटक बाक्लो हिमपात भएको हो । पहिलोपटक हिउँ पर्दा चन्द्रागिरिमा हजारौँ युवायुवती हिउँ खेल्न पुगेका थिए । पश्चिमी न्यून चापीय प्रणाली देशभर सक्रिय भएकाले अहिले हिमाली र उच्च पहाडी भेगमा हिमपात हुनाका साथै अन्य धेरै स्थानमा वर्षा भइरहेको छ ।

यस्तै हिँउ परेकाकारण त्रिभुवन राजपथसमेत अवरुद्ध हुन पुगेको छ । गएरातिदेखि परेको वर्षाका कारण उक्त राजपथअन्तर्गतको सिमभन्ज्याङमा बाक्लो हिँउ पर्दा बाटो अवरुद्ध भएको हो । हिमपातका कारण काठमाडौँबाट हेटौँडातर्फ प्रस्थान गर्ने सवारीसाधन बाटोमा रोकिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij