• Friday 24th of July 2026

हुम्लामा हिमपात, जनजीवन कष्टकर


  • आशाका किरण
hfh/sf]6, @! df3 M lxdkft tNnf] 8f]Nkfsf] d'8s]r]nf ufpFkflnsfsf] k|zf;sLo s]Gb| gs'{df ef/L lxdkft . lxpF k/]sfn] cGgafnL /fd|f] pTkfbg x'g] ls;fg atfpF5g . tl:a/M x]dGt s];L÷/f;;

उच्च हिमाली जिल्ला हुम्लामा भारी हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ ।

बिहीबार बेलुकादेखि परेको हिमपातले जनजीवन कष्टकर बनेको हो । सदरमुकाम सिमकोटमा झन्डै दुई फिटभन्दा बढी हिउँ जमेको छ भने आवतजावतमा समस्या भएको छ । हिमपातले सदरमुकामवासीलाई समेत समस्या बनाएको छ ।

आज शुक्रबार पनि निरन्तर हिमपात हुँदा वृद्ववृद्वा, बालबालिकालाई चिसोले सकस बनाएको छ । दुई दिन लगातार हिमपात हुँदा हवाई सेवासमेत अवरुद्ध भएको सिमकोट विमानस्थल स्रोतले जानकारी दिएको छ । बाक्लो हिउँ जम्दा एक गाउँबाट अर्को गाउँसम्म जान पनि कठिनाइ बनाएको छ ।

यस्तै उत्तरी नाम्खा गाउँपालिकाको जनजीवन थप कष्टकर बनेको छ । उत्तरी भेगमा झन्डै पाँच फिटसम्म हिउँ जमेको छ । यारी, मुचु, हिल्सा, लिमी, न्यालु, ताङ्गिन लगायतका गाउँमा बाक्लो हिउँ जमेको छ भने निरन्तर हिमपात भइरहेको छ । यस्तै बिहीबार साँझदेखि विद्युत् सेवासमेत अवरुद्ध बनेको छ । इन्टरनेट सेवा पनि अवरुद्ध भएको छ । सिमकोटमा बाक्लो हिउँ जम्दा थप समस्या बनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij